कास्की माझठानाका अगुवा कृषक भुर्तेलले कृषीबाटै वार्षिक १० लाख आम्दानी

सागर राज तिमिल्सिना
पोखरा, २० माघ/नेपाल एक कृषिप्रधान देश भने पनि अझै कृषि पेशालाई व्यावसायीक बनाउन नसकेको समयमा कास्की माझठानाका एक कृषक भने कृषि क्षेत्रबाट व्यावसायीक बन्दै समाजकै अगुवा भएका छन । माझठाना ६ भुर्तेल गाँउका ४५ बर्षीय भोजराज भुर्तेलले परम्परा कृषि पेशालाई आधुनिक पेशातर्फ अवलम्बन गर्दा हाल उनी निकै खुसि छन् ।

विगत २५ बर्ष अघिबाट अम्रिसो खेतिबाट व्यावसायीक कृषि खेतिमा हात हालेका हाल उनले अम्रिसोको साथमा कफि खेति, भुईकटर, माछापालन लगायतका व्यवासायीक कृषि जन्य फलफुल तथा तरकारी लगाउने गरेका छन । उनले बार्षिक रुपमा एक लाख भन्दा बढी अम्रिसो खेतिबाट आम्दानी लिने गरेका छन भने कफि खेति तथा माछाफालन लगायतका अन्य कृषि जन्य वालीबाट बार्षिक १० लाख बढी आम्दानी गर्ने गरेको भुर्तेल बताउछन् ।

कास्कीको माझठाना ६ भोजराज भुर्तेल अम्रिसो बारीमा
कास्कीको माझठाना ६ भोजराज भुर्तेल अम्रिसो बारीमा

लागत कम दुख पनि गर्न नपर्ने अम्रिसो खेति एक पटक लगाए मात्र पुग्ने हरेक बर्ष फुल फुलेर पाके पछि कुचोको रुपमा प्रयोग हुने बाँकी रहेको गाई बस्तुको लागि घाँस एवं सिठा आगो वाल्न ईन्दरको रुपमा प्रयोग हुने भुर्तेलले बताए । पाँच जना परिवारलाई धान्न यस व्यावसायले आफुलाई कुनै समस्या नभएको बताउदै भुर्तेलले परम्परागत खेति गर्दा सोहि ठाँउमा ६ महिना पनि खान नपुग्ने गरेको बताए । उनले करीब ५० रोपनी क्षेत्रफलमा अम्रिसो खेति लगाएका छन भने ८ सय बढी केराका घारी उनको बारीमा रहेका छन ।

उनको बारीमा १ हजार ५ सय बढी कफिका बिरुवा रहेका छन । २५ बर्ष पहिला नै परम्पराखेति बिरुद्ध अम्रिसो खेतितर्फ लाग्दै समाजबाट अपलेहित भएका भर्तेल हिजो÷आज भुर्तेल गाँउको मात्र नभई माझठानाकै एक अगुवा कृषक भएका छन । उनको राम्रो भए पछि अन्य कृषक पनि कृषी सेपामा लागेका छन् । तस्वीर ः गिता रानामगर

कमेन्टहरु
Loading...