कल्याण स्मृति दिवसमा कलाकार भैरवबहादुरलाई सम्मान सहित विविध साँस्कृतिक कार्यक्रम हुने

पोखरा, १९ माघ /लोकस्रष्टा कल्याण शेरचनको स्मृतिमा वरिष्ठ नृत्य निर्देशक भैरबबहादुर थापालाई सम्मान सहित विविध साँस्कृतिक कार्यक्रम २०७० हुने भएको छ । स्वर्गीय कल्याण शेरचनको तेस्रो पुण्य तिथिको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठानले पोखरा सभागृहमा स्रष्टा सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम २०७० गर्ने भएको आईतबार पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
नेपाली लोकर्सँस्कृतिको क्षेत्रमा उल्लेखनिय योगदान दिएको भन्दै राष्ट्रिय कलाकार, वरिष्ठ नृत्य निर्देशक भैरबबहादुर थापालाई कल्याण शेरचन स्मृति सम्मान पुरस्कार २०७० बाट सम्मान गरिने भएको कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पुर्णबहादुर गुरुङ ह्योल्मोले बताए । ६ दशकदेखि निरन्तर कला क्षेत्रमा उल्लेखनिय योगदान पुराएको, नेपाककै जेष्ठ नृत्य निर्देशकको रुपमा रहेको, थापाले कलाकारलाई विदेश लैजाने सुरुवात गरेको कारणले पनि उनलाई सम्मान गर्ने निर्णय गरेको ह्योल्मोले बताए ।

कल्याण स्मृति दिवसमा आयोजना हुने कार्यक्रमको बारेमा जानकारी दिदै
कल्याण स्मृति दिवसमा आयोजना हुने कार्यक्रमको बारेमा जानकारी दिदै

नृत्य क्षेत्र विकाशका लागि विशेष योगदान दिएका आफ्नै घर नै धितो राखेर नेपाली साँस्कृतिक टोलीको विदेश भ्रमण गराएका, नेपाल चलचित्र मनको बाँधको निर्देशक समेत रहेका ८० वर्षिय थापाको योगदानको राज्य तथा कुनै संघसंस्थबाट समेत खासै मुल्यांकन नभइरहेको भन्दै प्रतिष्ठानले उनलाई नै सम्मान गर्न लागेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले उहाँलाई पहिलो पटक २५ हजार एक रुपैया, ताम्रपत्र दोसल्लासहितले कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सँस्कृतिकर्मी चेतन कार्कीबाट अभिनन्दन गराइने प्रतिभा छनौट समितिका संयोजक तथा प्रतिष्ठानका उपाध्यक्ष मेनकाजी गुरुङले जनाए ।

नगद पुरस्कारको प्रायोजन प्रतिष्ठानका सल्लाहकार झलक थापा र ताम्रपत्र अर्का सल्लाहकार विश्वमोहन गौचनले गरेको कोषाध्यक्ष एवं अर्थ संयोजक प्रदिप गौचनले बताए । यसरी नै कार्यक्रममा पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको मौलिक लोक साँस्कृतिक कार्यक्रमहरु प्रस्तुति गरिने भएको छ । कार्यक्रम अन्र्तगत टप्पा तथा मगर झ्याउरे नृत्य प्रस्तुतिका लागि सुर्खेतबाट कलाकारहरु पोखरा आउने, थारु नृत्यका लागि नवलपरासीका कलाकारहरु र कौरा नृत्यको प्रस्तुति स्याङ्जा चित्रे भञ्ज्याङबाट कलकारहरुले प्रस्तुत गर्ने भएको प्रतिष्ठानले जनाएको छ ।

बन्दना नृत्य, पुख्र्यौली नृत्य, थाल नाच, सारंगीको धन, गुरुङ चलचित्रका नृत्य, एकल नृत्य पोखरेली कलाकारहरुबाटै प्रस्तुती गरिने भएको छ । उक्त कार्यक्रममा प्रवेश निशुल्क रहेको चिव ज्ञान थापाले बताए । कार्यक्रम सम्पन्न गर्नका लागि करिब ५ लाख ८५ हजार एक रुपैया खर्च र ७ लाख ७० हजार आम्दानी हुने अनुमान गरिएको गौचनले बताए । उक्त कार्यक्रम सम्पन्न गर्न कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पुर्णबहादुर गुरुङ ह्योल्मोको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन भई सक्रियताका साथ लागेको आयोजकले जनाएको छ ।

२०६९ सालमा स्थापना भएको प्रतिष्ठानले साउन १२ गते कल्याण जन्मजयन्ती र माघ २४ गते कल्याण स्मृति दिवसलाई विशेष कार्यक्रम गरी मनाउँदै आएको छ । विभिन्न उपसमिति अन्र्तगत स्रष्टा छनौट उपसमिति संयोजका मेनकाजी गुरुङ, आर्थिक व्यवस्थापन संयोजकमा प्रदिप गौचन, प्रचार प्रसार संयोजकमा सुदर्शन रञ्जित, कलाकार व्यवस्थापन संयोजकमा खगेन्द्र गौचन, सम्मान तथा मायाको चिनो व्यवस्थापन उपसमिति संयोजका ज्ञान थापा, मञ्च व्यवस्थापन संयोजकमा गजबहादुर गुरुङ लगायत सल्लाहकार समिति समेत गठन गरिएको प्रतिष्ठानले जनाएको छ ।

कमेन्टहरु
Loading...