बेगनास फिस फेस्टिबल जारी

लेखनाथ, १४ जेठ/पोखरा महागनरको बेगनासतालमा जारी पाँचौ संस्करणको फिस फेस्टिबलको दोश्रो दिन मंगलबार प्रतिकुल मौसमका बाबजुद पनि दर्शकहरुको सहभागिता रह्यो ।

फेस्टिबलमा मंगलबार कलाकारहरु जीवन दाहाल, शिवहरी ढुंगाना, सुनिता नेपाली, पुजा गुरुङ्ग, मन्जु चापागाई, एक वहादुर क्षेत्री लगायतले आफ्नो प्रस्तुती राखेका थिए ।

फिस फेस्टिबलमा आज करिव २ हजार केजी माछाको कारोबार भएको प्रचार प्रसार समितिका संयोजक दामोदर भक्त थापाले जानकारी दिए ।

उनले उद्घाटनको दिन सोमबार खराव मौसमका कारण फेस्टिबल केही प्रभावित भए पनि आज भने सुचारु रहेको बताए । उनले जेठ २० गतेसम्म आयोजना गरिएको फिस फेस्टिबलमा माछा, ताजा तरकारी, जडिवुटि सहित खानाका विभिन्न परिकारका स्टलहरु राखिएको जानकारी दिए ।

महोत्सव ४० हजार दर्शकले अवलोकन गर्ने र २८ लाख आम्दानी हुने लक्ष्य सहित आयोजना गरिएको थापाले बताए ।

कमेन्टहरु
Loading...