फेवा विकास बैंकको शाखा बेनीमा

पोखरा, २७ असार /फेवा विकास बैकले म्याग्दी जिल्ला बेनी नगरपालिकाको हुलाकचोकमा शाखा खोलेर कारोबार सुरु गरेको छ । शाखाको उद्घाटन म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र फेवा विकास बैंक लिमिटेडका अध्यक्ष विन्दु कुमार थापाले सयुक्त रुपमा गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी आर्चायले बैकको सफलताको शुभकामना दिए । फेवा विकास बैंक लिमिटेडका अध्यक्ष थापाले बैकका शाखालाई गाउँ गाउँमा पुर्याउदै वित्तीय पहुच पुर्याउने बताए । कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा ABBS ATM, SMS बैकिङ्ग, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिगं सेवा संचालन गरिएको बताए ।

फेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७२÷७३ को तेस्रो त्रैयमासमा संचालन मुनाफा २६ करोड आर्जन गर्न सफल भएको जानकारी दिए । निक्षेप १० अर्ब ६३ करोड पु¥याएको छ भने कर्जातर्फ ९ अर्ब ३३ करोड रुपैया पु¥याएको छ ।

वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा ABBS ATM, SMS बैकिङ्गसेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ ।

कमेन्टहरु
Loading...