बसको ठक्करले पैदलयात्रुको बाटोमै मृत्यु ,चालक फरार

पौष २४/ बसको ठक्करबाट काठमाडौँमा एक पैदलयात्रुको मृत्यु भएको छ । आइतबार राति ९ बजे बा २ ख १७८१ नम्बर बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो ।

प्रहरी उपरीक्षक उमेश रञ्जीतकारका अनुसार स्वयम्भूबाट कलंकीतर्फ जाँदै गरेको बसले बाटो काट्न लागेको अवस्थामा ठक्कर दिँदा गोलेको मृत्यु भएको जानकारी दिए ।

ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसका चालक भने फरार रहेको र खोजी कार्य भइरहेको प्रवक्ता रञ्जीतकार बताए ।

कमेन्टहरु
Loading...