गुल्मीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

गुल्मी : बागलुङको हटियाबाट सामान छोडेर फर्कदै गरेको जिप गुल्मीको चन्द्रकोटमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप सोमबार बिहान ७ बजे दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका-२ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दीपककुमार बस्नेतले जानकारी दिए ।

गाडी सडकबाट करीब ३०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले अहिले घटनास्थलमा जाँदै गरेको बताएको छ ।

कमेन्टहरु
Loading...