माछापुच्छे« सामुदायिक अर्गानिक होमस्टे, पाहुनलाई अर्गानिक खाना

पोखरा, २३ जेठ/अर्गानिक तरकारी खाने आफनै बारीको । धेरैको चाहना यही हो । चाहना पुरा गर्न पुग्छन् कास्कीको माछापुच्छ«े गाँउपालिकाको माछापुच्छ«े सामुदायिक अर्गानिक होम स्टेमा(घरबास) । होम स्टेमा पुग्ने पर्यटकले घरकै करेसाबारीमा उत्पादित तरकारी उपभोग गर्न पाउँछन् ।

मासुको लागि पनि स्थानीय बासिन्दाले आफनै पशुपालन फार्म बनाएका छन् । होम स्टेको लागि उत्पादन गरिएको तरकारी तथा पशुपालन अहिले भने व्यवसायिक रुपमा बढ्दै गएको छ ।माछापुच्छ«े सामुदायिक अर्गानिक होम स्टे शुरु भएको केवल वर्षदिन मात्रै पुग्यो । हुन त १० वर्ष अघि पनि शुरु नभएको होईन् । तर फेलिएर भएपछि फेरी स्थानीय बासिन्दाको सक्रियतामा होम स्टे व्यँुतिएको हो । अहिले फरक शैलीमा अगाडि बढेको छ ।

‘हिजो नैराश्यता भएकै कारण बन्द हुन पुग्यो । तर अहिले भने आफैंले करेसाबारीमा उत्पादन गरिएको तरकारीले होम स्टेमा लागि आउने पर्यटकलाई सत्कार गरेका छौं ।’ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष आशबहादुर गुरुङ भन्छन–‘आफनै करेसाबारीमा उत्पादन भएको तरकारी खुवाउँछौं । मासुको लागि यही पशुपालन गरिएको छ ।’

२० घरबाट शुरु गरिएको होमस्टे अहिले २३ घर छन् । सामान्यत १०० जनालाई राख्ने क्षमता छ । ‘प्रत्येक घरको करेसाबारी आफनै छ । मासुको लागि १५/२० वटा कुखुरा फार्म छन् । बाख्राका पनि उत्तिकै फार्म छन् । सबैजसो उपभोग्य सामान यही उत्पादन हुन्छ ।’ उनी थप्छन्–‘व्यवसायिक रुपमा समेत अगाडि बढेका छौं ।’ घरबास बाहेक दुईवटा रेष्टुरेण्ट छन् । ती रेष्टुरेण्टमै घरबासमा आउने पर्यटकलाई विहानको ब्रेकफाष्ट खुवाउने उनी सुनाउँछन् ।

‘रेष्टुरेण्टमा पनि सबै अर्गानिक नै पाक्छ ।’ उनको कथन थियो । तथ्यांक अनुसार घरबासमा एक वर्षको अवधिमा ३ हजार ६ सय जति पर्यटक पुगेका छन् । लायन्स लगायत विभिन्न संघ संस्थाहरुबाट बजार भन्दा केही पर हिमालको फेदमुनिको होम स्टेमा रिफ्रेसको लागि आउने गरेका छन् । होम स्टे माछापुच्छ«े मोडेल पदयात्रा मार्ग अन्तर्गत पर्छ । सिजनमा मर्दी हिमाल पदयात्राको लागि उक्लने आन्तरिक तथा बाह्य पर्यटक निकै हुन्छन् । तर तिनीहरु होम स्टेमा आईपुग्दैन् । बाटो फेरो पर्छ । अब त्यसको लागि समितिले आवश्यक कदम चाल्ने योजना बनाएको छ ।

होम स्टेको लागि कारितास नेपाल संस्थाले सहयोग गर्दै आएको छ । कारितास नेपालले आवश्यक कृषि सम्बन्धि तालिम दिएपछि स्थानीय होम स्टे गर्ने तर्फ आकर्षित भएका हुन् । ‘कृषि क्षेत्रमा तालिम दिएपछि स्थानीयबासिन्दाहरुकै सक्रियतामा होम स्टे शुरु गरिएको हो । होम स्टेका लागि संस्थाले सहोग गर्दै आईरहेको छ ।’

कारितास नेपाल कास्कीकी संयोजक शोभा आचार्यले बताईन–‘शुरु भएको एक वर्ष भयो, लक्ष्य अनुसार पर्यटक आएको अनुमान गरेका छौं ।’ संस्था मार्फत किसानलाई तरकारी, पशुपालन तथा हस्तकला सम्बन्धी तालिम दिइएको छ । तालिमले होम स्टेमा आउने पाहुनालाई सञ्चालकले आफैले उत्पादन गरेको तरकारी र मासु खुवाउने उनको भनाई थियो ।

संस्थाले होम स्टेको लागि प्रतिघर ३४ हजार रुपैयाँ लगानी गरेको थियो । तरकारी, पशुपालन तथा हस्तकलाको तालिम लगायत अत्यावश्यक बस्तु उत्पादनको लागि सहकारी मार्फत स्थानीयलाई ऋण समेत उपलब्ध गराइएको छ । बराह कृषि सहकारी संस्था मार्फत ऋण दिई किसानलाई पशुपालन र तरकारी खेती शुरु गरेका छन् ।

तीन वर्षको लागि ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराइएको छ । प्रत्येक घरले दुई रोपनी भन्दा बढी क्षेत्रफलमा तरकारी लगाएका छन् । तरकारीबाहेक केहीले पशुपालन गरेका छन् । माछापुच्छ«े गाउँपालिका–१ टुसेमा रहेको होम स्टेको लागि २३ घर रहेपनि ७५ जना किसानले तरकारी, पशुपालन, हस्तकला, चियाँ, अलैंची खेती गर्दै आएका छन् ।

होम स्टेले स्थानीयबासिन्दालाई उत्साह थपेको छ । पर्यटक होमस्टेमा आकर्षित गर्न प्रचारप्रसार गर्नुपर्नेमा जोड दिदैं आएको छ । होम स्टे मार्फत ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने गण्डकी प्रदेश सरकरको योजना छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिको घाचोक टुसेमा होमस्टे

कमेन्टहरु
Loading...