कास्कीको माछापुच्छ्रे गाउँपालिको घाचोक टुसेमा होमस्टे

सागर राज तिमिल्सिना
पोखरा, २ चैत /प्रदेश ४ मा भिन्न भिन्न प्रकृतीका सम्पदा छन् र पर्यटकीय स्थल पनि । त्यस्तै एउटा स्थल हो माछापुच्छे हिमालको फेदी सम्म पुग्ने पर्यटकीय पदमार्ग मर्दि ट्रेक । त्यही ट्रेकको प्रबेश स्थल रहेको माछापुच्छे गाउँपालि घाचोकको वडा नम्बर १ टुसे गाउँमा नयाँ होमस्ट सञ्चालनमा आएको छ ।

२० वटा घरमा सञ्चालमा आएको होम्स्टेको प्रदेश ४ का पर्यटन, उद्योग मन्त्री विकास लम्सालले उद्घाटन गरे । गाउँ गाउँमा खुलेका होमस्टेले पर्यटन प्रर्बद्धन गर्न टेवा पुग्ने उनको भनाई थियो । उनले प्रदेश ४ मा ३ सय वटा होमस्ट सञ्चालनका लागि सरकारले तयारी गरीरहेको बताए । उनले पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण पछि गाउँ गाउँका होमस्टेमा पर्यटक लगिने बताए ।

गुरुङ, मगर र विकहरुको बस्ती रहेको यो गाउँ सास्कृती र प्राकृतीक रुपमा धनी छ । यो गाउँबाट हिमाल, हरिया बन जंगल, वरपरका गाउँ, गुरुङ र मगरका सस्कृती यसका आक्र्रषण हुन् । गाउँमै उत्पादन भएको आर्गनिक उत्पादनहरु मार्सि, जर्नेली चामलको भात, कोदोको ढिंडो लगाएतका परिकार लोकल कुखुरा, खसि भेडा, बोका स्थानिय माछाको स्वाद लिन पाइन्छ । यसै गरि सोरठी, कौडा, छ्याटु, झ्याउरे, पन्चे वाजा जस्ता सास्कृतिक कार्यक्रममा रमाउन पाउने होमस्टे सञ्चालक बर बहादुर गुरुङले बताए ।

कास्कीको माछापुच्छ्रे गाउँपालिको घाचोक टुसेमा होमस्टे
होमस्टे बेड, घरबास विस्तारा

कारीतास नेपाल, कारीतास अष्टे«लीया र अष्ट्रेलीयन एड्को सहयोगमा २० वटा घरमा होमस्टे सञ्चालनमा आएको हो । सस्थाले गाउँमा सहकारी स्थापना गरि सहकारी मार्फत ६४ लाख रुपैया सहयोग गरेको छ । बिस घरमा होमस्टेका लागि नयाँ कोठा, बेड, शौचालय लगाएतका पुर्वाधार निमार्ण गरेको छ । यो गाउँमा होमस्टेलाई हेरे अन्य ठाउँमा पनि सहयोग गर्ने कारितास अष्टे«लिया नेपाल बंगलादेशकी कार्यक्रम संयोजक एलिनोर त्रिन्चेराले बताइन् ।

सहकारी मार्फन गाउँ र होमस्टेलाई आवश्यक तरकारी, च्याउ खेती, पशुपालन, अदुवा बेसार ,हस्ताकला , मौरिपालन, फुल नर्सरी, फलफुल खेती, माछा गाउँमा नै उत्पादन गर्न लगानी गरेको छ । समुन्द्री सतह देखि १ हजार तिन सय पचास मिटरको उचाइमा रहेको यो गाउँबाट पुग्न पोखराबाट १ सावरी साधनमा १ घण्टामा पुग्न सकिन्छ ।

कमेन्टहरु
Loading...