लेखथान उद्योग वाणिज्य संघले आगामी दुई वर्षका लागि जुझारु, क्रमवद्ध, वास्तविक व्यवसायीहरुको समावेशी टिमको यहि भाद्रको २० र २१ गते हुने २० औं साधारण सभा तथा १५ औं अधिवेशनले तय गर्ने छ ।
यहि अधिवेशनका लागि सस्थापक समुहका तर्फवाट हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले समावेशी, क्रमवद्ध र सक्षम व्यवसायीक टिम सहित आफ्ने टिमको घोषणासँगै व्यवसायीहरुको घरदैलो अभियानमा छन् ।
पछिल्लो समयमा व्यवसायीहरुको निर्वाचनमा राजनीतिक हस्तक्षेप र नेता परिचालित भएपनि राजेन्द्र ओझाले सवै दल, सवै भेग, लिङ्ग, वर्ग र व्यवसायीहरुको टिम निर्माण गरि चुनावी मैदानमा छन् ।
उनको टिममा पोखरामा कास्कीमा कृयाशिल सवै दलको सहभागिता रहको छ । ओझा भन्छन्–“हामीले काम गर्ने भनेको सम्पन्न व्यवसायी र समृद्ध लेखनाथ वनाउन हो, त्यसैले हाम्रो टिम कुनै विशेष छैन वास्तविक व्यवसायी विशेष टिम हो ।”
गणनाका आधारमा उनको टिममा वरिष्ठ उपाध्यक्षमा रहेका उपेन्द्र राज सुवेदी (राजु), सदस्यका उम्मेदवार सन्तोष हमाल, एशोसियट सदस्य प्रवेश वञ्जारा र सस्थागत सदस्य विरभद्र कंडेल प्रजातान्त्रीक धार समर्थित उम्मेदवार हुन् । लेखनाथ उद्योग वाणिज्य संघका क्रमवद्ध रुपमा आएका हालका प्रथम उपाध्यक्ष राजु राजेन्द्र समुहवाट वरिष्ठ उपाध्यक्षको उम्मेदवार छन् । प्रजातान्त्रीक धारको लेखनाथ उद्योग वाणिज्य संघमा क्रमवद्ध रुपमा आउने उनि नै सवै भन्दा वलियो उम्मेदवारमा करुपमा व्यवसायीहरु माझ परिचीत छन् ।
यस्तै अहिले अति नै चर्चामा रहेको वैकल्पिक राजनीतिमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीवाट समेत ओझाको टिममा उपमहासचिवका उम्मेदवार लक्ष्मी प्रसाद ढुङ्गाना (एल पी) रहेका छन् भने केही राजनीतिक रुपमा नखुलेका स्वतन्त्र व्यवसायीहरु रहेका छन् ।

वैचारिक रुपमा सवैलाई समेट्ने अभियानका वारेमा अध्यक्षका प्रत्यासी ओझा भन्छन्–“लेउवा संघको निर्वाचन व्यवसायीहरु विच हुने प्रतिष्पर्धा हो त्यसैले यसमा राजनीतिक वा अन्य समुहको नेतृत्व गर्नु भन्दा पनि पुर्ण व्यवसायीको नेतृत्व गर्नुपर्छ भन्ने अभिप्राय हो ।”
ओझाको टिमका मुख्य एजेण्डाहरुमा एक कार्य काल एक महोत्सव अर्थात् एक वर्ष महोत्सव गर्ने अर्को वर्ष उद्योगहरुका उत्पादनहरु प्रर्दशन गर्ने तर विक्रि वितरण नगर्ने गरि निती नै वनाएर कार्यन्वयन गर्ने, कृषि र पर्यटनलाई जोडेर वृहत् योजना तयार गर्ने, वजारलाई डोके, पोके र अव्यवस्थीत व्यवसाय निरुत्साहित अभियानलाई कार्यन्वयन गर्ने, महिलाका लागि शिप विकास तालिम र उत्पादित वस्तुको वजारीकरणकका लागि कोशेली घर निर्माण, यूवाहरुका लागि स्टार्टअप ऋणमा सहजीकरण, व्यवसाय सहयोग कक्ष र समस्या समाधानका लागि हेल्प डेक्सको स्थापना लगाएतका विशेष १६ वटा एजेण्डा रहेका छन् ।
राजेन्द्र ओझा लेखनाथ उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि नेतृत्व लिनु कुनै लहडको वा कसैले उकासेको कुरा पनि होईन । निरन्तर अनि क्रमागत रुपमा संघ र व्यवसायीका हितमा काम गर्दै दशकौंको अनुभवका आधारमा उनि अध्यक्षमा उम्मेदवार वनेका हुन् । संघमा उनि साधरण सदस्य र विभिन्न उपसमितिमा वसेर काम गरेर आफुलाई अव्वल सावित गर्दै कार्य समिति सदस्य, कोषाध्यक्ष, द्धितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा उम्मेदवार वनेका छन् । उनको टिममा जो जती छन् सवै संघको हितमा लाग्ने र पुर्ण व्यवसायी रहेको पनि उनले दोहर्याए ।
लामो र निरन्तरताको अनुभवले नै संघ र आवद्ध व्यवसायीहरुले भोगेका वर्तमान चुनौतीसँग सामाना गर्न सक्ने लक्ष्य, योजना सहित आएका छन्, राजनीती भन्दा पर रहेर समावेशी टिम सहित उनि घरदैलोमा गईरहेका छन् आफ्ना एजेण्डा सहित ।
उनको समुहको वरिष्ठ उपाध्यक्षमा उपेन्द्र सुवेदी राजु, प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्धितिय उपाध्यक्षमा धिरज कुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा एलपी ढुङ्गाना र कोषाध्यक्षमा टिकाराम सापकोटा रहेका छन् । यस्तै खुल्ला सदस्यहरुमा कृष्ण प्रसाद सुवेदी, घनश्याम ढुङ्गाना, किशोर अधिकारी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भिमप्रसाद सुवेदी (सन्तोष), महिला सदस्यहरुमा लक्ष्मी ठाकुर सुनार, सपना सुवेदी, एशोसियट सदस्यमा प्रवेश वञ्जरा र सस्थागत सदस्यमा विरभद्र कंडेल रहेका छन् ।
अध्यक्षका प्रत्यासी ओझाले वर्तमान टिममा रहेका सदस्य तथा पदाधिकारीहरुले विधि पद्धती अनुभव र क्षमताका आधारमा एक पद माथी मनोनयन गरेको भए निर्वाचननै नहुने दावी गर्छन् । उनि भन्छन्–“आकांक्षी हुनु नराम्रो होईन तर जो आए पनि संघ र व्यवसायीहरुको हितमा लाग्ने सक्षम नेतृत्व आउनेमा हामी विष्वश्त छौं ।”
संघमा २ हजार ८७ सदस्य छन् । संघमा ७ पदाधिकारी सहित ८ खुला सदस्य, २ महिला सदस्य, १ संस्थागत सदस्य र १ एसोसिएट सदस्य गरी १९ जना निर्वाचित हुने छन् ।