नेपाल एयरलाइन्सको काठमाडौं–बैंकक–काठमाडौं छुटमा टिकट

काठमाडौं, १३ माघ /नेपाल एयरलाइन्सले काठमाडौं–बैंकक–काठमाडौं उडानको प्रवद्र्धधनात्मक भाडादर सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत यात्रुले २६ हजार रूपैयाँमा ’राउन्ड ट्रिप’ गर्न पाउने छन् ।

एयरलाइन्सले आधारभूत भाडा प्रतियात्रु १२ हजार रुपैयाँ निर्धारण गरे पनि इन्धन शुल्क र करसहित हिसाब गर्दा करिब २६ हजार रूपैयाँ पुग्ने एयरलाइन्स जनाएको छ ।

पर्यटन प्रवर्द्धन तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यका साथ छुट योजना ल्याइएको एयरलाइन्सले जनाएको छ । मार्च महिनासम्म लागू हुने यो योजनामा समूहमा टिकट काट्नेलाई अतिरिक्त सहुलियत पनि छ ।

काठमाडौं–बैंकक–काठमाडौं यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइभ’ योजना छ । यसअन्तर्गत पाँच जनाको समूहमा टिकट किन्दा एक जनालाई टिकट निःशुल्क उपलब्ध हुनेछ ।

व्यापार कमजोर भएको र कम पर्यटक आउने समयमा प्रवर्द्धनात्मक योजना ल्याएर धेरैभन्दा धेरै यात्रु आकर्षित यो योजना ल्याएको निगमले जनाएको छ ।

कमेन्टहरु
Loading...