Ganthan News Pokhara
All news from Pokhara & around

तनहूँको दुलेगौंडामा माईक्रो ठक्कर दिदा एकको मृत्यु एक गम्भिर

0

तनहूँ, १७ मंसिर / तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडामा माइक्रोबस र स्कुटर ठक्कर खादा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा रहेका भिमाद–६ निवासी ३० वर्षिय शिव थापा रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा २ ख ४७५४ नम्बरको सगुन यातायातको माइक्रोबसले र दुलेगौंडाबाट भिमादतर्फ जादै गरेको ग १४ प ३२२३ नम्बरको स्कुटर ठक्कर खाएको हो ।

ठक्करबाट घाइते भएका थापाको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा सामान्य उपचारपछि पोखराको फिस्टेल हस्पिटल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

दुर्घटनामा सोहि ठाउँका २७ वर्षका तिलक थापा गम्भिर घाइते भएका छन् । उनको फिस्टेल हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । माइक्रो र चालक इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु