पोखरामा चोरी गर्ने गिरोह पक्राउ

पोखरा, ६ माघ /कास्की प्रहरी पोखराका विभिन्न ठाउँमा चोरी गर्दै हिड्ने गिरोहलाई पक्राउ गरेको छ । माघ ४ गते पोखराको पृथ्वीचोकमा शंकास्पद अवस्थामा हिडिरहेको अबस्थामा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ ।

चितवन राप्ती नगर पालिका ११ घर भई हाल पोखरा १० घलेचोक बस्ने १९ बर्षिय सुनिल श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई अनुसन्धान गर्दा अन्य साथी सगँ मिलि पोखराका बिभिन्न स्थानहरुमा रहेका ६ बटा घरमा चोरी गरेको खुलेको छ ।

अनुसन्धानका क्रममा बागलुङ जैमिने नगरपालिका ९ घर भई हाल पोखरा २५ हेम्जा बस्ने २७ बर्षिय खुम प्रसाद थापा र पोखरा ९ पृथ्बिचोक बस्ने २३ बर्षिय गगन खवासलाई प्रहरील पक्राउ गरेको छ ।

चोरीमा संग्लन भनिएका ३ जनाको कोठाबाट चोरी गरी ल्याएका विभिन्न सामग्रीहरु भेटिएका छन् । उनीहरुलाई थप अनुन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।

बरामद गरिएको सामान ;-

  • विभिन्न कम्पनिको मोबाईल थान ४ थान
  • घडी थान २,
  • Samsung Camera थान १
  • Samsung SD Card थान १,
  • सुनौलो रङको १७ टुक्रा ६९ लाल
  • सुनौलो कानमा लगाउने टप थान २,
  • सुनौलो रंगको मुन्द्रा २ थान ७ लाल,
  • कम्व्याट(खैरो) रंगको झोला थान १,
  • सेतो डोरी भएको कालो झोला थान १,
  • १७ ईन्च लामो खुकुरी (दाब समेत) थान १,
  • १४.५ ईन्च लामो खुकुरी थान १, १३ ईन्च लामो चक्कु थान १,
  • ९ ईन्च लामो फलामको छिनो थान १, १०.५ ईन्च लामो फलामको ह्यामर थान १
  • सेतो रंगको पाउजु थान ६,
  • बच्चाले हातमा लगाउने सेतो रंगको बाला थान १३,
  • ठुलो सेतो रंगको बाला थान २,
  • सेतो रंगको औठी थान १,
  • सेतो रंगको सिक्री थान १,
  • सेतो रंगको ब्रासलेट थान १,
  • नगद ने.रु.२०,६१० भा.रु.३० कतारियन दिनार रु.१५०

 

कमेन्टहरु
Loading...