CAN

चार बुदे सहमति पछि यातायात व्यवसायीको आन्दोलन फिर्ता

91

पोखरा ६ फागुन /पोखरामा यातायात व्यवसायी बिच सहमति भए पछि यातायात सञ्चालन भएको छ ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा आजको भएको चार बुदे सहमति भएपछि नयाँ र पुराना समितिका गाडी निर्वाद चल्ने भएका छन् । सहमति अनुसार पुराना व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिने र नयाँ विन्ध्यावासिनी बस ब्यवसायी समितिलाई निर्वाद सवारी सञ्चालन गर्न दिने उल्लेख छ ।

नयाँ समितिले अहिले सञ्चालन गरिरहेको रुटमा बस चलाउन पाउने र तीन दिन भित्र यातायात कार्यालयले रुट पहिचान गरी अन्य रुटमा पनि सञ्चालन गर्न दिने सहमतिमा उल्लेख छ ।

त्यस्तै आन्दोलनका क्रममा पक्राउ परेका पुराना बस ब्यवसायी समितिका प्रतिनिधिहरुलाई रिहा गर्ने सहमति भएको छ । यसैगरी पोखरामा थप गाडी सञ्चालन गर्न मिल्ने नमिल्ने अध्ययनको लागि कार्यदल गठन गर्ने र सो कार्यदलले दिएको सुझावको आधारमा अघि बढ्ने सहमति भएको छ ।

नयाँ र पुराना यातायात ब्यवसायी बिच प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको समन्वयमा प्रमुख दलका जिल्ला स्थित नेता एबं सर्वपक्षिय छलफलपछि चार वुदे सहमति भएको हो । सबै क्षेत्रको दवाव र सल्लाह अनुसार पुराना ब्यवसायी नयाँ समितिका गाडी सञ्चालन गर्न दिने सहमतिमा पुगेका हुन् । उनिहरुले गरेको आन्दोलनका कारण बिहीबार पोखरा सहित गण्डकी अञ्चलका सार्वजनिक सवारी नचल्दा हुदा यात्रुले सास्ती खेप्नुपरेको थियो ।