पोखरा–दिल्ली बस सेवा सुरु

सागर राज तिमिल्सिना
पोखरा, २७ असार/नेपाल र भारत सरकारबीच अघिल्लो वर्ष भएको सिधा यातायात सम्झौता बमोजिम पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सोमबार देखि सुरु भएको छ । दुई देशबीच भएको सम्झौता अनुसार पोखरा–दिल्ली बस सेवाको पोखरामा गृहमन्त्री शक्ति बस्नेत र नेपालका लागि भारतीय राजदुत रञ्जित रेले उद्घाटन गरे । १८ जना यात्रु लिएर बस सोमबार नै दिल्ली तर्फ लागेको छ भने दिल्लीबाट पनि पोखरा तर्फ बस आएको छ ।

पोखरा–दिल्ली बस सेवाको सुभारम्भ गर्दै गृहमन्त्री शक्ति बहादुर बस्नेत र नेपालका लागि भारतीय राजदुत रञ्जित रे । तस्विर ः सञ्जय शाक्य
पोखरा–दिल्ली बस सेवाको सुभारम्भ गर्दै गृहमन्त्री शक्ति बहादुर बस्नेत र नेपालका लागि भारतीय राजदुत रञ्जित रे । तस्विर ः सञ्जय शाक्य

पोखराको मोर्डन इरा टुर्स एण्ड ट्राभल्स र भारतको उत्तरप्रदेश परिवहन निगमबीच केहिदिन पहिले दिल्लीमा सम्झौता पोखरा दिल्ली सिधा बस सेवा सञ्चालन बारेमा मोर्डन इराका अध्यक्ष केशवप्रसाद अघिकारी सगँ सम्झौता भएको थियो । त्यसका लागि मोर्डन इरा र उत्तर प्रदेश परिवहन निगमका ४–४ वटा बसले दैनिक सेवा दिने उनले जानकारी दिए । उनले पोखरा–दिल्ली रुटमा बस चलाउन पनि पोखराको पर्यटन विकासमा समेत टेवा पुग्ने बताए ।

सम्झौता अनुसार चलेका बस निर्वाध आउजाउ गर्न सक्नेछन् । त्यसमा नेपाल र भारतको कुनैपनि भन्सारमा कर तिर्नुपर्ने छैन । त्यस्तै थप अनुमति पनि लिनुपर्ने छैन । तर, नीजि रुपमा चलेका बसले भने दुतावास तथा भन्सारमा प्रवेश अनुमति लिनुपर्छ । पोखराबाट स्याङजा, पाल्पा, बुटवल हुँदै सुनौली लगनउ हुदै दिल्ली पुग्ने र सोही रुटबाट फर्किने अधिकारीले बताए । यो बसमा यात्रा गर्दा यात्रुले प्रतिव्यक्ति ३५ सय २० रुपैयाँ तिर्नुपर्नेछ । ४० सिट क्षमताका बस यो रुटमा चल्नेछन् ।

पोखराको राष्ट्रबैंकचोकस्थित पर्यटक बसपार्कबाट हरेक दिन बिहान ९ बजे बस दिल्लीका र दिल्लीबाट पनि सोही समयमा छुट्नेछ । उनले १३ सय किलोमिटरको यो दुरी २४ घण्टामा दिल्ली पुग्ने अधिकारीले बताए । उद्घान कार्यक्रममा गृहमन्त्री बस्नेतले बस सेवाले दुई देशबिचको सम्बन्धमा सुधार आउने बताए । उनले बस सेवाले आर्थिक र पर्यटन क्षेत्रमा ठुला सहयोग पुग्ने बताए ।

त्यसै गरि राजदुत रेले दुइवटा सरकारबीचको सम्झौता बमोजिम अहिले नेपाल र भारतका विभिन्न चार ठाउँबाट सेवा सुरु भएको बताउदै यसलाई थप गर्दै लैजाने बताए । उनले भारतमा गर्मि छल्न र मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटक सिधा बस सेवाले लाभान्वित हुने बताए ।

कमेन्टहरु
Loading...