पोखरामा दशैंका लागि नयाँ नोट साट्न सुरु

पोखरा, २१ असोज/ पोखरामा नेपाल राष्ट्र बैंकले दशैंको लागि नयाँ नोट साट्न सुरु गरिएको छ । सेवाग्राहीले पोहोर सालभन्दा अहिले

व्यवस्थित तबरले नोट सटही गर्न व्यवस्था मिलाएको बैंकले जानकारी दिएको छ । २ वटा काउन्टरबाट नोट सटहीको सुविधा दिइने

राष्ट्र बैंक कार्यालय पोखराले जनाएको छ ।

राष्ट्र बैंकको अलवा नेपाल बैंक साथै वाणीज्य बैंक नोट कोषबाट नोट सटही गर्न सकिने राष्ट्र बैंक पोखराका निर्देशक अमर अधिकारीले

बताए । ‘आजबाट नोट सटही सुरु भएको छ,’ उनले भने, ‘पोहोर सालभन्दा अहिले मौज्दात बढेको हुुनाले अहिले धेरै नोट सटही हुन्छ ।’

वाणिज्य बैंकमा पनि गत शनिबारदेखि नोट सटहीको अनुमति दिइएको उनले जानकारी दिए ।

एक व्यक्तिले ५, १०, २० र ५० का दुई बन्डल साथै १ सयको १ बन्डल गरि २७ हजारसम्म सटही गर्न पाउँने छन् । असोज २९ गतेसम्म

बैंकिङ समयमा नोट सटही हुने उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...