पोखरा, ३१ जेठ/गाउँको प्रचार प्रसार र आय आर्जनको माध्यम बनेको होम स्टेको प्रवद्र्धन गर्दै बसाई सराई न्युनिकरण गर्न पोखरामा शुक्रबार देखि होमस्टे मार्ट तथा कार्यशाला सुरु भएको छ ।
गाउँ पर्यटन प्रबद्र्धन मञ्च गण्डकी प्रदेशको आयोजना तथा पर्यटन बोर्डको आयोजनामा दुई दिने होमस्टे सम्बन्धी जानकारी दिने लक्ष्य सहितको कार्यशाला सुरु भएको हो ।
कार्यशाला विशेष गरी गण्डकी प्रदेशका ३३ वटा होमस्टेका सञ्चालकहरु सहभागी भएका गाउँ पर्यटन प्रबद्र्धन मञ्च भिटोफ गण्डकी प्रदेशका अध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए ।
मार्टको गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री विकास लम्सालले उद्घाटन गरे ।
आम्दिानको खोजीमा युवाहरु गाउँ तथा शहर पस्नथाले पछि होमस्टेहरु बृद्धा तथा महिलाहरुले मात्रै धान्दै आएका छन् ।
नेपालमा २०५७ मा स्याङजाको सिरुवारीबाट सुरु भएको होमस्टे अहिले देश भर लहर छाएको छ । गण्डकी प्रदेशमा मात्रै अहिले २ सय ७३ वटा होम स्टे छन् । कास्कीमा मात्रै ३६ वटा रहेछन् । होमस्टे मार्टका प्रचार प्रसार हुदाँ गाउँमा पर्यटक बढ्ने होमस्टे सञ्चालकहरुको आशा छ ।
पछिल्लो समय सुविधाको खोजी गर्दै गाँउबाट शहर बसाँई सराई निकै बढी छ । होम स्टे मार्फत अब शहर पसेका परिवार तथा पर्यटकलाई गाउँमै फर्काउन सक्ने बातावरण सृजना गर्ने तर्फ कार्यशालाले भूमिका खेल्ने विश्वास सहभागीहरुको छ ।
माछापुच्छे« सामुदायिक अर्गानिक होमस्टे, पाहुनलाई अर्गानिक खाना