Categories
घटना फिचर

पोखराको भण्डारढिकमा हाइस र दुई मोटरसाइकल ठोकिए

पोखरा, २९ असाज / पोखरा महानगरपालिका २९ भण्डारढिक स्थित पृथ्बी राजमार्गमा दुर्घटना भएको छ ।

बा ४ ख ८४१३ नम्बरको हाइस, ग ६ प ४३०० नम्बरको मोटरसाईकल र बा ६४ प ९३१० नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

दुर्घटनमा परी ग ६ प ४३०० नम्बरको मोटरसाईकलका चालक पोखरा महानगरपालिका ३२ तल्लो गगनगौंडा बस्ने वर्ष २७ को धन प्रसाद गेलाल घाइते भएका छन् ।

उनको पोखराको चरक मेमोरियल अस्पतालमा उपचार भएको छ । त्यसै गरि बा ६४ प ९३१० नम्बरको मोटरसाईकल चालक ललितपुर महानगरपालिका १२ बस्ने वर्ष २८ को सरोज महर्जन र मोटरसाइकलो पछाडी सवार सोही स्थानकी राजेश्वरी महर्जन घाइते भएका छन् ।

उनीको पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भएको छ । प्रहरीले हाईस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *