राष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी पुरा

पोखरा २० फागुन /पोखरा उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबार देखि पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु हुदैछ । संघले बिहीबार पत्रकार सम्मेलन गरी मेलाको सबै तयारी पूरा भएको जानकारी दिएको छ। चैत्र १ गतेसम्म सञ्चालन हुने मेलाको सम्पुण तयारी पुरा भएको पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थापाले जानकारी दिए ।

राष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी पुरा
राष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी पुरा

मेलामा ३ सय ६ स्टल रहने आयोजकले जनाएको छ । यो बर्ष ब्यापार मेला सँगै सुचना प्रविधि मेला पनि सञ्चालन हुने भएको छ । मेला स्थलमा रहेको डोम भित्र ७८ स्टल सुचना प्रविधि मेलाको लागि छुट्याईएको छ । अन्य स्टल मध्य मध्य मिनि डोम १८, रेष्टुरेष्ट १५, अटो ४५ , मेड इन नेपाल पेभेलियनमा ३५, ,कृषि १४, हस्तकलामा १०, फ्लोरिकल्चरमा ६ र ८५ वटा साधारण स्टल रहने छन् ।

मेलाको ३ लाख दर्शकहरुले अवलोकन गर्ने र एक करोड ११ लाख रुपैया आम्दानी गर्ने आयोजकको लक्ष्य छ । मेला सम्पन्न गर्न ८३ लाख ७० हजार खर्च लाग्ने र २७ लाख ५० हजार रुपैया बचत हुने अनुमान गरिएको छ । mभबि पय

क्यान कास्कीसँगको सहकार्यमा सुचना प्रविधि मेला पनि सँगै गर्न लागिएकाले यसपटक अनलाइन टिकट बुकिङ गर्नेलाई ५० प्रतिशत छुटको व्यस्वस्था समेत गरिएको छ । टिकट काटेर मेला प्रवेश गर्ने र सांगितिक कार्यक्रममा उत्कृष्ट नृत्य गर्ने एक जनालाई गृलक्ष्मी ग्यास समेत प्रदान गरिने भएको छ । मेला अन्तर्गत २२, २५, २८ र ३० गते उत्कृष्ट नाच्ने एक जनालाई भरिएको सिलिण्डर ग्यास उपहार प्रदान गरिनेछ ।

मेलाबाट बचत भएको रकम क्षेत्रीय स्तरको प्रदर्शनीस्थल पोखरा प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता प्रदान गरी खर्च गरिने संघले जनाएको छ । टिकट बिक्रीबाट प्राप्त रकमबाट विगतका वर्षहरुमा थालिएको सामाजिक कार्यलाई निरन्तरता दिँदै पोखराको विकासका लागि चार रुपैया र संघद्धारा संचालित बालश्रम न्यूनिकरण कार्यक्रमलाई एक रुपैया छुट्याइएको महासचिव रविन्द्र वहादुर प्रजुले जानकारी दिए ।

मेलालाई अर्घाखाँची सिमेण्टले मुख्य प्रायोजन गरेको छ । महोत्सबका बेला पोखरा आउने पाहुनालाई होटलमा २० प्रतिशत छुटको समेत ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...