पेट्रोल र डिजेलको मूल्य बढ्यो

पोखरा, २० माघ /नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरिएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

पेट्रोल, डिजेल र मट्टीतेलमा २/२ रुपैयँले बढाइएको छ । यसअनुसार पेट्रोल लिटरको ११०, डिजेल र मट्टीतेल लिटरमा ९७ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ ।

नयाँ मूल्य समायोजन पछि पनि निगमलाइ १५ दिनमा १ अर्ब १६ करोड रुपैयाँ नाफा हुने छ । हालसम्मको नोक्सनी धेरै भएकोले यसैबाट पूर्ति गर्ने निमगले बताएको छ ।

कमेन्टहरु
Loading...