नयाँ बसलाई अनुमति दिदा पुरानाको बन्द आवाहान

पोखरा, ४ फागुन /पोखरामा नयाँ नगर बस सञ्चालनको विषयमा यातायात ब्यबसायीबिच कुरा मिल्न नसकेपछि पुन पुराना ब्यवसायीले आन्दोलनको घोषणा गरेका छन् ।

विन्ध्यवासिनी बस ब्यबसायी समितिको नाममा तीन वटा नगर बसले रुट इजाजत प्राप्त गरेपछि सुरु भएको विवाद सोमवार बसेको बैंठकबाट पनि मिल्न नसकेपछि उनिहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ गण्डकी अञ्चल समितिले विज्ञप्ती जारी गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । जस अनुसार मंगलवार विहान ११ बजेदेखि दिउसो एक बजेसम्म पृथ्बीचोक बन्द गर्ने र यातायात ब्यबस्था कार्यालय घेराउ गर्ने उल्लेख छ । त्यस्तै फागुन ५ गते बुधवार विहान ४ बजेदेखि साझ ५ बजेसम्म पोखरामा सार्वजनिक यातायात बन्द गर्ने, ६ गते कास्की जिल्लाभर सार्वजनिक सवारी नगुडाउने समितिले जनाएको छ ।

नयाँ समितिको रुट इजाजत खारेज नभए फागुन ७ देखि गण्डकी अञ्चलभर अनिश्चितकालका लागि सार्वजनिक सवारी ठप्प पार्ने र त्यसबाट पनि सुनुवाई नभए फागुन ८ देखि महासंघको सहकार्यमा कुनैपनि सवारी सञ्चालन हुन नदिने गरी आम चक्काजाम गर्ने चेतावनी दिइएको छ ।

कमेन्टहरु
Loading...