नख्खुस्थित एनसेल मुख्यालय अगाडि बम बिस्फोट, तीन जना घाइते, एक गम्भीर

काठमाडौं, ११ फागुन /ललितपुरको नख्खुस्थित एनसेल प्रालिको मुख्यालय अगाडि शुक्रबार साँझ अज्ञात समूहले बम बिस्फोट गराएको छ । साँझ करिब ८ बजे भएको शक्तिशाली बम बिस्फोटबाट तीन जना घाइते भएका छन् ।

पैदल यात्रु प्रतिक्षा खड्का, उरूषा मानन्धर र सिंहप्रसाद गुरूङ घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये एक जनाको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा दुई जना स्टाफ नर्स रहेको प्रहरीको भनाई छ ।

घाइते तीनै जनाको मेडिसिटी अस्पतालमा उपचार भएको छ । बागडोलकी २६ वर्षिया प्रतिक्षालाई सुरूमा अल्का अस्पताल लगिएको थियो । तर, उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि मेडिसिटी रेफर गरिएको छ ।

यस्तै लमजुङका ४८ वर्षिय सिंहप्रसादलाई पनि सुरूमा बिएण्डबी अस्पताल लगिएको थियो । तर उनलाई पनि थप उपचारका लागि मेडिसिटी नै रेफर गरिएको प्रहरीले जानकारी दिएको छ । ठूलो आवाज सहित भएको बिस्फोटले वरिपरिका घरका सिसा फुटेका छन् ।

पोखरामा लेखनाथमा रहेको एनसेलको टावरमा आग्जनी

कमेन्टहरु
Loading...