होटल सन्चालकले जागिरबाट निकाल्दीन्छु भने पछि छोराको अपहरण गरेर हत्या

काठमाण्डौं, १३ मंसिर / गोंगबुको होटलबाट बेपत्ता सात वर्षीय बालक प्रयास कुँवरको अपहरण भएको एक घण्टामै हत्या भएको रहस्य खुलेको छ । मंगलबार गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रविण कुँवरका सात वर्षीय छोरा प्रयास कुँवरको होटलकै गाडी चलाउने स्याङ्जाका महेन्द्र सार्कीले चकलेट खान दिएर अपहरण गरी हत्या गरेको प्रारम्भिक बयान दिएका छन् ।

बेलमन इन्टरनेशनल स्कुलमा कक्षा १ मा अध्ययनरत कुँवर तीन बजे स्कुलबाट घर आइपुगेका थिए । उनी सो दिन साढे पाँच बजेसम्म आमाबुवाको आँखा अगाडि खेलिरहेका थिए । बाबु प्रविण कुँवर आमा दुवै गौंगबुस्थित विनायक अस्पताल जाने भन्दै निस्किए । त्यही मौकामा महेन्द्रले आफुले चलाउने बा ९ च ५७६७ नम्बरको गाडीमा राखेर प्रयासलाई लिएर गएका थिए ।

पाँच बजे अस्पताल गएका बाबुआमा साढे ६ बजे होटल फर्कँदा छोरा होटलमा नभएपछि सोधखोज सुरु गरेका थिए । हत्याको आरोपमा पक्राउ परेका सार्कीले पनि सो समयमा होटलमा नभएको बाबुआमाले बताएका छन् । छोरा नभेटिएपछि उनीहरुले चालक एसकेलाई फोन गरेर सोधेको र उनले बालक आफूसँग नभएको जवाफ दिएका थिए । बाबुआमाका अनुसार बालक र चालक एकैसाथ हराएका थिए ।

बालकसँगै हराएका चालक एसके भने ७ बजेर ४९ मिनटमा सम्पर्कमा आएका थिए । ती चालक एक महिनदेखि होटलको गाडी चलाउँदै आएका थिए ।
महाशाखाका डिएसपी रुगम कुँवरले बालकलाई आरोपीले चकलेट किनिदिएको पसल र उनीसँगै रहेको प्रमाणित भएको बताए । उनका अनुसार चकलेट खान दिएको केही समयमै बालकको हत्या भएको थियो ।

अनुसन्धानमा संलग्न अधिकारीहरुले शवको प्रकृतिका आधारमा मंगलबार साँझै हत्या भएको बताए । महानगरीय प्रहरी अपराध महाशाखाले बिहीबार बिहान पक्राउ गरेको हो । सार्कीले बालकलाई नागार्जुन जंगलमा लगी गाडीभित्रै बालकको नाकमुख र घाँटी थिची हत्या गरेका थिए । हत्यापछि बालकको शव झोलामा प्याक गरेर म्हेपीस्थित सामाखुसी खोलामा फ्याँकेका थिए ।

सिंहका अनुसार शव फ्याँकेपछि गाडी लिएर सार्की होटल फर्केका थिए । फर्केपछि बालकका बुबालाई भेटेर सार्कीले खोजतलास गर्न सहयोग समेत गरेका थिए । सार्कीले अपहरणपछि बालकको हत्या स्वीकार गरिसकेका छन्। पक्राउ परेपछि उनले दिएको बयानकै आधारमा प्रहरीले बालकको शव फेला पारेको हो । शव झोलामा राखेर फालेको अवस्थामा फेला परेको थियो । उनले होटल साउले राम्रो काम नगरेको भन्दै जारीबाट निकाल्दीन्छु भनेपछि उनले बालकको हत्या गरेको बताए ।

कमेन्टहरु
Loading...