गाईजात्रा विशेषः छट्पटे कान्छाको चट्पटे समाचार “करैकरले चक्कर”

रुद्रप्रसाद अधिकारी, कास्कीकोट, कास्की

छट्पटे कान्छाको चट्पटे समाचार नमस्कार

नगर्नु है हतार, पहिले मुख्य समाचार

दामपन्थी पार्टी मिलेर बन्यो कमाउनिस्टको सरकार,

मोदीको चाकडी गर्नै हतार, इन्डीयामा खाुर चाइनामा डकार l

संघीय, प्रदेश र स्थानीय सरकार, गाउँगाउँमा सिंहदरबार,

बढ्यो कर, झनै बढ्यो भ्रस्टाचार, संघीयता हुने होकी बेकार l

फ्रान्सले लग्यो विश्वकप भकुण्डो २०१८ को शिल

क्रोसिया चम्क्यो, सुरुमै साइड लाए जर्मनी, अर्जेन्टिना, ब्राजिल l

 

चुनाव अघि वृद्ध भत्ता दोब्बर, जितेपछि Time is over 

५२ ठक्कर ५३ घुस्सा, जनतालाई हात्ती आयो हात्ती आयो फुस्सा l

अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली किम जोङ उन्

गोर्खालीले सुरक्षा दे’को सिङापुर वार्तामा बस्दा झण्डै पाध्या हुन् l

त्यसका बाउको खालो, बिज्ञापनको पालो l

भाइले फेयर एण्ड लभ्ली लाउन थालो,

जति फेयर एन लभ्ली लायनी अनुहार भने छ कालो l

देश निर्माणको जिम्मा सिमेन्टले लियो,

समृद्ध नेपाल बनाउन अब थोत्रा नेता किन चाहियो l

अब बैंकमा पैसा होईन बिश्वास जम्मा गर्न जानी,

बैंक पनि साथी पनि, लुट्छ अनि आन्द्रा छामी छामी l

 

अब समाचार पुरा, सुरुमा राजनीतिकै कुरा l

दामपन्थी मिलेपछि कहाँगैस पार्टीको भयो कन्तविजोग,

९ महिना नपुगी कुर्सी छोड्नुपर्ने योग, बूढो पार्टीलाई लाग्यो रोग l

प्रचण्ड पनि कति बाठा, काङ्ग्रेससंग मिली छोरीलाई मेयर,

पछि फेरि एमालेसंग मिलेर सत्तामा शेयर l

स्थानीय चुनावमा जय नेपाल  कमरेड

संसदीय चुनावमा आइपुग्दा जय नेपाल र लाल सलामबिचमै मुठभेड l

दामपन्थी पार्टी मिलेर बन्यो कमाउनिस्टको सरकार,

मोदीको चाकडी गर्नै हतार, इन्डीयामा खाुर चाइनामा डकार l

दुई तिहाईको सरकार बनेसी ओली बालाई मोदिको फोन,

भन्न थाले, “हम एकदुस्रे मित्रोंका सम्बन्ध बिगारेगा कोन ?

जल्दी जल्दी कर्के हमारे घरमे खाना खाने आईए,

नेपालकी जवानी और पानी अब हम्को चाहिए” l

अनि प्रधानमन्त्री सहित राजेश दाइ नि भारत गए,

कट्रीना, दिपिका र सन्नि लियोनीलाई देखेसी सब मख्ख भए l

लगत्तै मोदी जनकपुर हुँदै नेपाल पसे,

खरानी घसे मुक्तिनाथ पसे l

पशुपतिमा जात्रा सिद्राको व्यापार,

जताजता मोदी उतैउतै भारतिय पत्रकार l

नेपाली पत्रकारलाई भने भयो दुरव्यवहार ll

 

कार्पेट बिछ्याएरै भएनी जनकपुरको रोड टल्काईयो,

मोदीलाई भव्य स्वागत गरि नेपाल आइराख्न पल्काईयो l

हाम्री देखा थापा दिदीको नजर सार्है कर्के,

कठै १ देखा दिदीलाई नभेटी मोदी घर फर्के

तर चिन्ता नलिनु दिदी पोखरा घुम्न बाकी छ, मोदी फेरि आउँछ्न,

छमछमी नाच्नलाई तपाईंकै हात समाउंछन् l

फेरि ओली बा’को टोली चाइना तिर हानियो,

यताबाट लैएन कोदाको झोल उहीँ दिन्छन् भनठानियो l

रेल त बनाइदिन्छ्न रे तेलको कुरै भएन,

छु चि छाङ, के भने के, बुझ्नै सकिएन l

 

Why talking more about neighbour country,

यसो राम्रो कामको सुरुवात गर्ने हाम्रै गृहमन्त्री l

यातायातमा सिण्डिकेट अन्त्य भो भन्ने,काम केहि भ’को हैन,

अझै पनि कोचिएर पेलिएर निसासियर यात्रा नगरी सुख छैन l

गृहमन्त्री बादलले भने ठेकेदारलाई कार्वाही गर्न आँट गरे,

प्रचण्ड भन्छन् भो भो कार्वाही नगरौं यार हाम्रै घरबेटी नि परेू l

गृहमन्त्रीले अर्को राम्रो काम गरे, सुनतस्करमा संलग्न गोरे पक्राउ परे

नाईके त पक्राउ परे महानाईके पक्राउ नपर्दा जनता छक्क परे l

हत्या हिंसा र बलात्कारका घटना झन् झन् बढ्ने,

अपराधी डियुटीमा खटिने, प्रहरी जांड खाएर बाटोमा लड्ने l

भैसी जति मस्म बनार खाईदिए, यमराज ट्रीपरमा चड्न थाले

बाइक स्कुटी होसियार भएर चलाउ हैू भन्न थाले बाले

डाक्टर केसीको अनशन नि कहिल्यै नसकिनी रैछ,

आन्दोलन गर्न हिडेकि सुन्तली उतै’ट पोइल गैछ l

 

यसपटक त विवेकशिल पार्टी र काङ्ग्रेसले नि राम्रै साथ दिए,

काङ्ग्रेसी नि कस्ता, उबेला आफू सरकाराँ हुँदा के हेर्या थिए ?

उता हुम्ला अस्पतालमा पुलिसले गोली पड्काउने,

यता काठमाडौमा माफियाले गोरु मात्रै चुट्ने हलो भने अड्काउने l

हुम्लाबाट डाक्टर केसीलाई ल्याएपछि काठमाडौंमा वार्ता भो,

अहिलेलाई त भो, पछी फेरि उस्तै हुने हो, जिम्मेवार को ?

मार्सी म्यानले बाङ्लादेशमा पढ्ने महिला विद्यार्थीलाई आरोप लगाए

उनलाई फेरि कानुन मन्त्री तामाङले नि सघाए,

सामाजिक संजालमा कडा विरोधका प्रतिक्रिया आए,

मार्सी म्यानलाई केही कर्वाही भएन, बरु मन्त्रीलाई सत्ताबाट भगाए ?

कर्मचारी कोही पनि स्थानीय तह नजानी अरे ,

किन नगको भन्दा जनप्रतिनिधिले कमिसन खानी, हामीले के खानी अरे l

जनप्रतिनिधिसंग बसेर काम गर्न गार्हो हुन्छ अरे,

जनप्रतिनिधि नहुँदाताकाको अवस्था सम्झेर ऐले मन रुन्छ अरे l

उबेलामा पुरै डाडु पनियो आफ्नै हातमा थियो,

अहिले त अर्काले दिएर खान पर्नी कस्तो अवस्था आईदियो l

बाहिर नभने नि श्रम मन्त्रीले राम्रै काम गर्या छन् ,

अरुले भाषण मात्रै गर्या छन् भित्र भित्रै आफ्नै भुडी भर्याछन् l

जहाज खरिदमा अनियमितता भयो भनी इन्टरभ्यु लिन जाँदा,

मन्त्रि ज्युले भन्नु भयो “ केहि फरक पर्दैन धेरै काम गरेर अलि अलि खाँदा” l

सिधा भन्ने कुरा बाङ्गो सरकारलाई मन नपर्ने,

एन टि भि मा सिधा वाला कार्यक्रम जसको भएनी हटाइन्छ, हामीले के गर्ने ?

 

अब आर्थिक समाचार, करै करले ढाड सेक्यो, जनतालाई पर्यो मार

खादा, ट्वाइलेट जादा, सुत्दा जे गरेनी लाग्नी भो कर,

उठ्दा नि कर बस्दा नि कर, आउँदा आय कर, जादा गए कर l

हुँदा हुँदा कुखुरा, अन्डा, चटपटेमा नि कर,

करैकरले लाग्न थाल्यो चक्कर l

सरकारको के भर ?

गलल्ल नहास्नु हाँसेको नि लाग्ला कर l

सोझा सिधा जनतालाई मात्रै करै कर,

कर छली गर्ने माफीयाहरुलाई भने के को डर ?

जनताले जन्मे देखि मरुन्जेल सम्म कर तिर्नुपर्ने,

नेताले भने जनताको लागि काम केहि गर्नु नपर्ने l

तिम्रै पालो छ, जे-जेमा सकिन्छ सक्दो कर लगाउ,

यसो स्वदेशमै केही गरौं भन्ने युवालाई फेरी बिदेश भगाउ l

जनताले तिम्लाई जितार पठाको लुट्नकै लागी हो,

सके यहीँका संग लुटे भो, नसके बिदेशीसंग ऋण माग्ने l

तिर्न सके ठिकै छ नसके भाग्ने l

 

संघीयता कार्यान्वयन गर्न भन्दै पत्याएसम्म ऋण लिए भो,

७ पुस्तालाई पुग्ने गरि कमाएपछी एउटा छेउ बेची दिए भो ll

न पछि हट्न सकिन्छ न अघि बढ्न सकिन्छ चांडचांडो,

यथार्थमा भन्नुपर्दा, संघीयता बन्दैछ झन् झन् घाँडो l

चुनाव अघि बृध्द भत्ता ५००० पुर्याउचु भन्थे ओली बा ले,

तलब नि बढेन, पार्टी खान कसरी किन्नु कुखुराको भाले l

कर बढेर हो कि अध्यक्षज्युहरुले खा’र हो मार्सी चामलको भाउ बढेछ,

बजेट भाषण हेर्दाहेर्दै उता कोदाको झोलको भाउ बढेछ, यता तरकारी नि डढेछ l

 

अब संस्थानका कुरा, मुखमा रामराम बगलीमा छुरा

नेपाल झेलिकम, घरीघरी नेटवर्क आउँदैन, कभी खुशी कभी गम

नेपाल विधुत अप्राधीकरण, अव्यवस्थित तारले निर्दोषको मरण

नेपाल अखाद्य संस्थान, कुहिएको चामल दिन्छ पकार खान

नेपाल घायल निगम, कमिसन आउँछ, मिसावट गर्न सिकम

नेपाल आयु सेवा निगम, वाइड बडी जाहज किनम, पैसो चिनम

नेपाल खाने बानी संस्थान, पानी नआएनी बिल आउँछ १ थान

 

अब मनोरञ्जन समाचार, नेपाली फिल्म हेर्दाहेर्दै निद्रा आउँछ यार

यसवर्षको सर्वोत्कृष्ट चलचित्र ‘मार्सी चामलको भात दुर्गे दाइको साथ’

अर्को सफल चलचित्र हो – ‘सन्नी लियोनी संगको त्यो रात’

बाहुबली अनि दुई रुपैयाँ त्यसपछि हेरियो छक्का पन्जा,

नेपाली फिल्म चित्त बुज्दा छैनन् , जसलाई ग’र भन्ने हो भन् जा

मनमोल केसी भनेपछि नेपाली हिरोईनहरु हुरुक्कै,

नेपाली फिल्ममा नि हट सिन दिन थाले, हेर्न उठिन्छ जुरुक्कै

कथाले मागेको भन्दै जस्तो सिन दिन तयार हुनी,

डाइरेक्टरले चान्समा डान्स गर्छन् , अनि हास्नी कि रुनी

 

अब खेलकुद समाचार, बिरालाको दौडमा कुकुरको हार

एउटा डल्लो फाल्न के जान्याथ्यो सन्दिप भाइ चम्के,

कत्ति पिर नगर भाइ, हौसला दिने हामी नि छ्म् के

फुटबलमा भन्दा नेपालीको, क्रीकेटमा आश जाग्यो

बन्द हडतालमा सिकेको सिप बल्ल पो काम लाग्यो

रसीयामा आयोजना भो यसपटकको विश्वकप फुटबोल,

गएनी जान्छ जुत्ताको सोल, जित्नलाई हान्नैपर्थ्यो गोल १

आयोजक नि अर्कै खेल्नी नि अर्कै,

बाजी थाप्ने भने संसार भरकै

मेसीले पेनाल्टी मिस गरेर सबको गाली खाए,

जितुन्जेल मेरो टिम भन्दै उफ्रीन्थे, हारेसी साइड लाए

मेस्सीले त हान्नुपर्ने हो गोल,

किन हानेन भनेको त् लगाको रैछ कोदाको झोल

सुरुमै आउट भो अघिल्लो विश्व बिजेता जर्मनी,

त्यस पछी जर्मन समर्थक लुक्न थाले बेड मुनि

गर्ल फ्रेन्ड एन्टोनेल्ला भन्छिन् बाँच्न सक्दिन मेस्सी बिना,

वर्ल्ड कप जित्ने सपना थियो आउट भैहाल्यो फेरी अर्जेन्टिना

उता पोर्चुगल हारेर चिन्तित देखिन्थे कृस्टियानो रोनाल्डो,

त्यहिंमाथी गर्लफ्रेन्डहरुले गालामा टोकेर पार्दिए खाल्डो

हार्ने लाइनमा अर्को दावेदार नेयमारको टोली ब्राजिल

हारेपछि त ब्राजिलका समर्थनक नि रौसी खार टिल

आखिरमा फ्रान्सले लग्यो विश्वकप भकुण्डो २०१८ को शिल

क्रोसिया चम्क्यो, सुरुमै साइड लाए जर्मनी, अर्जेन्टिना, ब्राजिल

 

अब अन्तर्राष्ट्रिय समाचार, विदेशको बारेमा नि थाहा पाउं न यार

अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली किम जोङ उन्

गोर्खालीले सुरक्षा दे’को सिंगापुर वार्तामा बस्दा झण्डै पाध्या हुन्

भारतिय प्रधानमन्त्री मोदी फिर कब आएगा ?

हँस मत पगली प्यार हो जायगा

चीनिया प्रधानमन्त्री Xi Jin Ping,

German chancellor you are missing !

रुसी रास्ट्रपति भ्लादमिर पुटिन,

पिसाब फेर्नलाई केको रुटिन

जापानका सिन्जो आबे, क्यानाडाका जस्टिन

बेलायतकी महारानीले धेरै पाउडर घस्छिन

 

अब मौसम सम्बन्धि खबर,

पानी आउने कि घाम लाउने छैन केहि भर

विहान घाम झुल्किनासाथ सुर्योदय भयो भने

साझ घाम डाडामुनी जानासाथ सुर्यास्थ हुनेछ

रातभरमा दुई जर्किन पानी पर्नेछ भने

दिउँसोभर चर्को घामले हैरान गर्नेछ

समाचारको भर नपर्नु, छाताको जोहो गर्नु,

दिउँसभर पानी परेर भिझियो भने फेरि के गर्नु

 

छुट्टीन मन त छैन यार, तैपनि जादाजादै फेरि मुख्य समाचार

दामपन्थी पार्टी मिलेर बन्यो कमाउनिस्टको सरकार,

मोदीको चाकडी गर्नै हतार, इन्डीयामा खाुर चाइनामा डकार १

संघीय, प्रदेश र स्थानीय सरकार, गाउँगाउँमा सिंहदरबार,

बढ्यो कर, झनै बढ्यो भ्रस्टाचार, संघीयता हुने होकी बेकार १

फ्रान्सले लग्यो विश्वकप भकुण्डो २०१८ को शिल

क्रोसिया चम्क्यो, सुरुमै साइड लाए जर्मनी, अर्जेन्टिना, ब्राजिल १

चुनाव अघि वृद्ध भत्ता दोब्बर, जितेपछि Time is over !

५२ ठक्कर ५३ घुस्सा, जनतालाई हात्ती आयो हात्ती आयो फुस्सा १

अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली किम जोङ उन्

गोर्खालीले सुरक्षा दे’को सिङापुर वार्तामा बस्दा झण्डै पाध्या हुन्

१ इतिश्री १११

कमेन्टहरु
Loading...