काठमाडौं वासिलाई फेवा महोत्सवको निम्ता

काठमाडौं, २२ चैत /पोखरामा चैत अन्त्यमा सुरु हुने १३ औं फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि काठमाण्डौं बासिलाई निम्ता प्रदान गरिएको छ । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा चैत २८ देखि बैशाख २ गते सम्म फेवा किनारको बसुन्धरा पार्कमा नयाँ वर्ष महोत्सव हुँदै छ ।

काठमाडौं वासिलाई फेवा महोत्सवको निम्ता
काठमाडौं वासिलाई फेवा महोत्सवको निम्ता

संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उपत्यकाबासिलाई महोत्सवको निम्ता प्रदान गरेको हो । सो अवसरमा पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले महोत्सवका पाहुनालाई होटलका विस्तारामा २० प्रतिशत छुटको ब्यवस्था पनि गरिएको जानकारी दिए ।

महोत्सवका संयोजक एबं संघका उपाध्यक्ष विकल तुलाचनले फेवा तालको संरक्षण गर्दै नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको जानकारी दिए । देश विदेशका खानाका परिकार र सांस्कृतिक कार्यक्रम महोत्सवका आकर्षण भएको उनले जानकारी दिए । महोत्सवमा दुई लाख स्थानीय र २५ हजार अन्य पर्यटक आउने अनुमान संघले गरेको छ । हालैमात्र चलिए पोखरा अभियान सकेर भारतबाट फर्किएको संघको टोली फेवा महोत्सवको निम्ता दिन काठमाडौं आएको हो ।

भुकम्प र नाकाबन्दीबाट नराम्रो गरी प्रभावित नेपाली पर्यटन बिस्तारै जाग्दै गरेको अहिलेको अवस्थामा पोखराका होटलको अकुपेन्सी दर ५० प्रतिशत पुगेको पनि संघका अध्यक्ष पराजुलीले जानकारी दिए । महोत्सवबाट बचत भएको केही रकम फेवा तालको संरक्षणमा खर्च गरिने संघका सचिव गणेशराज पहारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...