पोखरामा खुल्यो चिकेन पोर्ईण्ट, चिकेनका ७ प्रोडक्ट घर मै मगाउन पाइने (भिडियो सहित)

पोखरा, २७ भदौ /पोखराको पार्दी विरौटामा रहेको फेवा मिट प्रोडक्ट अन्र्तगत चिकेन पोईण्टले चिकेनका ७

प्रोडक्ट बजारमा ल्याएको छ । मानिसको समय र स्वास्थ्यलाई मध्यनजर गरी पोईण्टले गुणस्तरिय खाजाको

रुपमा नयाँ प्रोडक्ट बजारमा ल्याएको सञ्चालक सूर्यप्रसाद बरालले बताए ।

पोखरा क्षेत्रमा स्तरिय खाजा, रेष्टुरेण्ट कम मात्रमा भएकोले बजारको माग अनुसार आफुहरुले चिकेन

प्वाईन्टबाट खाजका विभिन्न आइटम बजारमा ल्याएको उनले जनाए । उनका अनुसार चिकेन रोल, चिकेन

फ्राई, चिकेन ग्रिल फ्राई, चिकेन विर्यानी, चिकेन वन, चिकेन सोर्मा, लगायतका खाजाका आईटहरु उपलब्ध छ ।

प्रति चिकेन वनको मुल्य ३० र चिकेन रोलको मुल्य एक सय रुपैया रहेको छ । ५ सयमा एक केजी चिकेन ममः

उपलब्ध गराएको संचालक बरालले बताए । उनका अनुसार चिकेन तन्दुरी र चिकेन फ्राईको प्रति किलो १ हजार

रुपैयाँ मुल्य निर्धारण गरिएको छ ।

फेवा मिट अन्र्तगत चिकेन पोईण्ट मार्फत विभिन्न खाजाको परिकार घर तथा पसल एवं कार्यालयमा प्याकिङ

गरी लैजाने लक्षित गरेर बजारमा ल्याएको हो । केहि साता अघि देखि स्थानियहरुसंगको सल्लाह सुझावको

आधारमा आफुहरुले उत्पादन गरेको बस्तुको टेष्टिङ गर्दै आएको संचालक बरालले बताए । पोखरामा होम

डेलिभरी गरी करिब एक घण्टा भित्र खाजाको आइटम घर घरमा पुराउने लक्ष्यका साथ आफुहरुले तयारी गरेको

उनले जनाए । युरोपियन स्तरकै आईएसओ मान्यता प्राप्त हुने गरी सम्पुर्ण मापदण्ड पुरा गरी उक्त प्रोडक्ट

बजारमा ल्याएको संचालक बरालले जनाए । उक्त कम्पनीले हाल १० जनालाई रोजगार दिएको छ ।

चिकेन पोईण्ट र चिकेन प्रोसेसिङमा करिब ६ करोडको लागतमा सञ्चालन गरिएको संचालक बरालले बताए ।

फेवा मिट सहितको लगानी गर्दा करिब १२ करोडको लगानी पुग्ने भएको फेवा मिटका संरक्षक चन्द्रकान्त

बरालले बताए ।

पोखरामा नै खुल्यो चिकेन पोर्ईण्ट केएफसीलाई च्यालेन्ज

पोखरामा नै खुल्यो चिकेन पोर्ईण्ट केएफसीलाई च्यालेन्ज

Posted by Ganthan.com on Tuesday, September 11, 2018

कमेन्टहरु
Loading...