काठमाडौं जादै गरेको बस त्रिशुली नदिमा खस्यो, तीन जनाको मृत्यु, २५ बेपत्ता

159

धादिङ, २४ साउन / धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाट स्थित त्रिशुली नदिमा बस खस्दाँ तीन जनाको मृत्यु भएको छ ।

सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान साढे ३ बजेको समयमा त्रिशुली नदिमा खसेको प्रहरीले जानकारी दिएको छ ।

अहिलेसम्म १२ जनाको उद्धार गरिएको प्रहरी उपरक्षक राजकुमार बैदवारले घटनास्थलबाट जानकारी दिए । नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

अफ्ठयारो ठाउँ भएको हुदाँ उद्धारमा कठिनाई भएको प्रहरीले जानकारी दिए । २५ जना बेपत्ता भए रहको प्रहरीले जानकारी दिएको छ । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...