तारा देवी र अरुणा लामाका गीतहरु पोखरामा गुन्जिए

पोखरा, २१ असार/दिवंगत गायिकाद्वय स्वर किन्नरी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामामा समर्पण गरिएको सांगीतिक कार्यक्रममा गुन्जियो । पोखरेली सुगम संगीतमा समर्पीत गायिकाहरुले तेश्रो संस्करणका रुपमा आयोजना गरेको “रारा टेस्ट अफ हार्मोनीः धुनहरुमा तारादेवी र अरुणा लामा” कार्यक्रममा गाएका गीतहरु गुन्जिए ।

स्वर साम्राज्ञी अरुणा लामाको “नेपाली गौरव गर्छौ आफ्नै पनमा…..”गाएको गीतलाई १२ जना पोखरेली गायीकाहरुको सामुहिक स्वरले पोखरालाई गुञ्जायमान वनाउदै सुरु भएको कार्यक्रम करिब तीन घण्टा सम्म निरन्तर अरुणा लामा र तारादेवीका गीतहरुमा पोखरेली सांगीतीक मनहरु रमेका थिए ।

पोखेली सुगम संगीत गायीकाहरुको संस्था “हार्मोनी ःद मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा” ले आयोजना गरेको सो सांगीतिक कार्यक्रममा ३ जना कलाकारहरुलाई सम्मान पनि गरेको छ । दार्जलिङ्की गायिका दावा ग्याल्मो, पोखरेली गायक कर्ण दासकी आमा तथा नृत्याङ्गाना रत्न दाशलाई हार्मोनी सम्मानवाट सम्मान र उदयमान गायिका जोनिशा पौडेललाई युवा प्रतिभा सम्मान गरिएको थियो ।

दार्जलिङ्की गायिका दावा ग्याल्मो, पोखरेली गायक कर्ण दासकी आमा तथा नृत्याङ्गाना रत्न दाशलाई हार्मोनी सम्मानवाट सम्मान र उदयमान गायिका जोनिशा पौडेललाई युवा प्रतिभा सम्मान
दार्जलिङ्की गायिका दावा ग्याल्मो, पोखरेली गायक कर्ण दासकी आमा तथा नृत्याङ्गाना रत्न दाशलाई हार्मोनी सम्मानवाट सम्मान र उदयमान गायिका जोनिशा पौडेललाई युवा प्रतिभा सम्मान

सम्मान लगत्तै उमेरले ८० पुग्न आटेकी दार्जलिङ्की गायिका दावा ग्याल्मोले ४० वर्ष अगाडी लाहुरेनी हुदै हङकङ् पुगेको समयमा रेकर्ड गरिएको गीत “मेरो यो सानो संसारलाई ठुलो वनाउन चाहन्न …..” गाएपछि कार्यक्रम सांगीतक माहोलमा रमेको थियो । उनले सम्मानले आफ्नो जवानी सम्झाएको भन्दै अव एक वर्या भित्र एल्वम निकाल्ने पनि प्रतिबद्धता जनाईन् । उनले भनिन–“उमेर सँग सँगै स्वरमा केहि उतरचढाव हुन सक्छ तर आट र जोशमा कुनै कम हुदैन, यो सम्मानको सम्मान गर्दै अव चाढै नै एउटा एल्वम निकाल्छु ।”

आयोजक संस्थाका अध्यक्ष ईतु जोजिजुले महिला सुगम संगीत गायकहरुको उत्थान र प्रबद्र्धनमा समर्पीत सस्था भएकाले सबैको सहयोगले गर्दा यति कार्यक्रम पनि सहज रुपमा आयोजना गर्न सकेको जानकारी दिईन् । उनले भनिन्–“हामीले महिला गायकहरुको संरक्षण र प्रवद्र्धन गर्न यो कार्यक्रम गर्न लागेका र सवैको सकारात्मक सहयोगले गर्दा हामीलाई यस्ता खालका कार्यक्रम गर्न हौसला मिलेको छ ।”

यस्तै कार्यक्रममा उपाध्यक्ष कौशल्या गुरुङले यो कार्यक्रम दिवंगत गायिकाद्वय स्वर किन्नरी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामालाई ‘ट्रिब्युट’ गरेको पनि जानकारी दिइन् । उनले भनिन्–“साँगीतिक कार्यक्रममा हामीले दुई दर्जन भन्दा वढी अरुणा लामा र तारादेवीका चर्चित कालजयी गीतहरु प्रस्तुत ग¥यौं ।”

कार्यक्रमलाई उत्कृष्ठ र प्रभावकारी वनाउन जक्सन ग्रुप प्रा.लीका प्रवन्ध निर्देशक अरुण गिरीले सम्पुर्ण व्यवस्थापकीय र प्राविधिक पक्षमा व्यवस्थापकको भूमिका निर्वाह गरेका थिए ।
साँगीतिक कार्यक्रममा संस्थामा रहेका सम्पूर्ण गायिकाहरुले आ–आफ्नो प्रस्तुती राखेका थिए ।

ईतु जोजिजु, कौशल्या गुरुङ, शितल थापा, मितु पाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, प्राप्ति तुलाचन, रजनी रिदम राई, ममता गुरुङ, लक्ष्मी गिरी, स्नेहा गुरुङ, सबिना सुनाम, रुमा तुप्रिहाङ थापा, एलिना गुरुङ लगाएतका गायिकाहरुले कार्यक्रममा प्रस्तुती दिने छन् । त्यस्तै सहयोगी कलाकारहरुको रुपमा रामभक्त जोजिजु, बिनोद बानियाँ र ज्ञान थापाको पनि विशेष प्रस्तुती रहेको थियो ।

हार्मोनीले सुगम संगीतका क्षेत्रमा रुची भएका तर अवसर र बिभिन्न परिस्थितीवाट आफ्नो कला प्रस्तुत गर्न नपाएका महिला गायीकाहरुलाई पनि प्रोत्साहन र स्टेज प्रदान गर्दै आएको छ । आज भएको कार्यक्रममा पनि पहिलो पटक गृहिणी रुमा तुम्रिहाङ्ग राईले आफ्नो प्रस्तुती दिईन् ।

उनले भनिन् –“विवाह गरे पछि आफ्नो रुचिलाई गुम्साउन वाध्य भए पनि हार्मोनीको प्रेरणाले आज जिवनमै पहिलो पटक यती धेरै मान्छेको अगाडी गाउन पाए ।” उनले अझ अगाडी थपिन–“मेरो घरमा त मैले गीत गाउँछु भन्ने थाहा पनि छैन ।” उनले अव गाउनलाई पनि निरन्तरता पनि उनको भनाई थियो ।

यसअगाडि ‘लेजेन्डरी हार्माेनियस इभिनिङ’ र ‘टेस्ट अफ हार्मोनी’ नाममा संस्थाले कार्यक्रम सफल बनाईसकेको छ । यो तेश्रो कार्यक्रमलाई सफल बनाउन पोखराकै रारा चाउचाउले कार्यक्रमको टाईटल स्पोन्चर गरेको छ भने पोखराकै दि मुग्लान रेष्टुरेण्ट एण्ड वारले कार्यक्रमलाई प्रस्तुतकर्ताको रुपमा सहयोग गरेको छ ।

सुगम संगीतका क्षेत्रमा जिवन अर्पन गरेका महिलाहरुसँग सहकार्य गर्दै सुगम संगीतको यात्रा र क्षेत्रलाई लामो र फराकिलो वनाउनले लक्ष्यका साथ २०७३ सालमा “हार्मोनी ःद मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा” नामक संस्था स्थापना भएको हो ।

कमेन्टहरु
Loading...