Ganthan News Pokhara
All news from Pokhara & around

स्कुटर सहित हराइ रहेका बास्तोला भलाममा मृत फेला

0

पोखरा, १५ कात्तिक / बुधबार देखी हराइ रहेका पोखरा १६ दिप बस्ने अमृत बास्तोला मृत फेला परेका छन् ।

पोखरा महानरपालिका २० भलाम स्थित झोलुङगे पुलमुनी कालीखोलाको छेउमा बास्तोलाको शव फेला परेको प्रदेश ४ प्रहरी कार्यालय पोखराका प्रवक्ता गोविन्द पुरीले जानकारी दिए ।

महानरपालिका १६ दिप बस्ने २२ बर्षिय अमृत बास्तोला ग १० प ८५४३ न को स्कुटर बुधबार देखी हराएको बास्तोलाका दाजुले ले प्रहरीमा जानकारी दिएको पुरीले जानकारी दिए । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...