पोखरामा अर्को थियटर बन्ने, सोमबार थियटरको शिलान्यास

पोखरा, १४ चैत । बिश्व रंगमञ्च दिबसको अबसरमा पोखरामा पोखरा थियटरको शिलान्यास गरीएको छ । पञ्चामृत नाट्य समुह पोखराको ब्यबस्थापनमा पोखरामा निमार्ण हुन लागेको थियटरको ५६ बिश्व रंगमञ्च दिबसको अबसर पारेर सोमबार शिलान्यासको गरीएको हो । थियटरको कास्की जिल्लाबाट ब्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका सांंसदहरुले एकै साथ शिलान्यास गरेका हुन् ।

थियटरको नेपाली कांग्रेसकी सांसद सारदा पौडेल, नेकपा एमालेका सांसद तथा संंसद विकाश समितीका सभापती रबिन्द्र अधिकारी र नेकपा माओबादी केन्द्रकी सांसद तेज कुमारी पौडेलले एकै साथ शिलान्यास गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसकी सांसद सारदा पौडेलले पोखरालाई नाटकको शहरको रुपमा बिकाश गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नाटक र नाट्य क्षेत्रको बिकाशको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । नेकपा एमालेका सांसद तथा संसद बिकाश समितीका सभापती रबिन्द्र अधिकारीले नाट्य क्षेत्रलाई ब्यबसायी बनाउनु पर्ने बताउनुभयो ।

उहाँले थियटर लगायतका आबश्यकीय पुर्बाधारको अभाबमा यस क्षेत्र ब्यबसायीक बन्न नसकेको बताउदै पोखरामा थियटर निमार्ण नाटकले निरन्तरता पाउने संकेत भएको बताउनुभयो । त्यस्तै नेकपा माओबादी केन्द्रकी सांसद तेजकुमारी पौडेलले कलालाई सम्मान गर्नु राज्यको प्रमुख दायित्व भएको बताउनुभयो । उहाँले निरन्तरता र ब्यबसायीकता कला क्षेत्रको मेरुदण्ड भएको बताउनुभयो । कार्यक्रममा अग्रज रंगकर्मी प्रकट पंगेनी , बरिष्ट रंगकर्मी हेमन्त पराजुली “हितैषी”, जग्गा धनी शंकरनाथ कोइराला, नेपाल नाट्य समुहका अध्यक्ष किसोर अनुरागी लगायतले मन्तब्य राख्नुभएको थियो ।

पोखरा लेखनाथ महानगरपालीकाको गैह्रापाटन स्थित सवा एक रोपनी क्षेत्रफलको जग्गामा निमार्ण हुन लागेको थियटरको लागत ५० लाख लाग्ने भएको छ । नाट्य समुह र पोखराका स्थानिय जग्गा धनी शंकरनाथ कोइराला बिच मासिक १५ हजार भाडा तिर्ने गरी सम्झौता भएको छ ।नाट्य समुहले १० बर्ष सम्म जग्गा प्रयोग गर्न सक्ने पञ्चामृत नाट्य समुह तथा थियटर निमार्ण समिती संयोजक परिवर्तनले जानकारी दिनुभयो । निर्माण हुन लागेको सुबिधा सम्पन्न अत्याधुनिक थियटरबाट एकै साथ २०० जनाले नाटकको मज्जा लिन सक्ने छन् । थियटरमा १०० भन्दा बढी मोटरसाइकल र गाडीका लागी समेत पार्किङ स्थल निर्माण गरीने छ । थियटरलाई बहुउदेश्यीय हलको रुपमा पनि प्रयोग गर्न सकिने छ । थियटर साउनसम्ममा संंञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

थियटरले नाटकलाई जिबन्त बनाउन महत्वपुर्ण भुमिका खेल्ने छ । थियटर निमार्ण पोख्रेली रंगमञ्चको बिकाशमा कोषेढुंगा साबित हुने र यसले पुराना नाट्यकर्र्मीलाई रंगमञ्चमा फर्कन पुनः दबाब दिने अपेक्षा गरीएको छ । शिलान्यासका अबसरमा समुहले थियटर निमार्णसंगै छिटै नयाँ नाटक मञ्चन गर्ने भएको छ ।  पोखराको नाट्य क्षेत्रमा सक्रिय समुहले यस अघि नाटक पुलिस र प्यास, मौसम हराएको देश र नाटक एक रुपैयाँ सफलता पुर्बक मञ्चन गरी सकेको छ । पोखरा थियटरमा दिल प्रसाद गुरुङ, बिष्णु प्रसाद गौतम र परिबर्तनको संयुक्त लगानी रहने छ ।

कमेन्टहरु
Loading...