टुडिखेलमा हुने वाई वाई तिज मेलाको तयारी तिव्र

पोखरा, ७ भदौ/“हाम्रो सस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ पोखरा महानगरपालीका १ स्थित पुरानो टुडिखेलमा हुने “वाईवाई तीजमेला–२०७६” को तयारी तिव पारिएको छ ।

इन्द्रेणी एकिकृत विकास केन्द्र र पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालीको सहकार्यमा ११ देखी १७ भदौसम्म हुने मेलाको तयारी तिव पारिएको आयोजकले जाकारी दिएका छन् ।नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज २०७६ को अवसरमा पारि आयोजन ागर्न लागिएको मेला स्थल पुरानो टुडिखेलमा हाल स्टल वनाउने सगै वाल उद्यान निमार्णको काम भै रहेको ईन्द्रणीका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।

मेलाको प्रचार प्रचार सगै तयारीको करिव ७० प्रतिशत काम सकिएको अधिकारीको भनाई छ । मेलाको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिम्सिनाले उद्घाटन गर्ने छन् ।मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, लत्ता कपडा सगै रेष्टुरेन्ट लगायतका स्टलहरु रहने अधिकारीले बताए ।

यस्का अलावा मेलामा खुल्ला मौलिक तीजगीत प्रतियोगिताहुने र प्रतियोगितामा प्रथमहुने टिकले नगद ३० हजार, द्वितीयले २० हजार, तृतीयले १० हजार, सान्त्वनाले ५ हजार सगै उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्यले २÷२ हजार नगद पुरस्कार पाउनेछन् । यसै गरि गृहणी नृत्य प्रतियोगितामा प्रथम हुनेले १०, द्वितीयले ७, तृतीयले ५ र सान्त्वना हुनेले नगद २÷२ हजार पसरस्कार वाउनेछन । मेलामा टपरि गास्ने प्तियोगिता समेत हुने भएको छ ।

त्यसै गरि हराउदै गएको छेलो खेल संरक्षण गर्ने उदेश्य सहित मेलामा गण्डकी प्रदेश स्तरिय छेलो प्रतियोगिता समेत हुने भएको छ । मेला अन्र्तगत १४ भदौमा हुने प्रतियोगिताको विजेताले ११ हजार एक सय एक, उपविजेताले ६ हजार एक सय एक र तेस्रोहुनेले नगद ३ हजार एक सय एक रुपैया पुरस्कार पाउने समेत अधिकारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...