शुक्रबार गायिका तिर्सना गुरुङको प्याराडिसो स्र्पोटस बारमा सागीतिक प्रस्तुती हुने

पोखरा, २ असोज / गुराँसै फुल्यो …….रेलैमा ………. के ग¥यो तिम्रो मायाले ……खनि हो यामु हे कान्छा………… साँझको बेला…….गाइने दाजैले सारंगी रेट्दैमा …. लगाएतका चर्चित गीतकी गायिका पोखराका युवा पुस्तालाई चनाउनका लागि पोखरा आउदै छन् ।

पोखरा लेकसाइडमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट प्याराडिसो स्र्पोटस बार एण्ड ग्रिलमा गायिका तिर्सना गुरुङ शुक्रबार आउन लागेकी हुन् । असोज ३ गते शुक्रबार हुने सांगीतिक साँझमा उनले आफ्ना चर्चित गीतले दर्शकलाई मनोरञ्जन दिने छिन् ।

उनी चर्चित तथा उत्कृष्ट गीत संगीतहरुका कारण नेपाली युवाहरु माँझ लोकप्रिय गायिका हुन् । उनी लोक पप संगीतलाई बढी जोड दिने गर्दछिन् । उनी गायिका मात्रै नभएर गीतकार र संगितकार समेत हुन् । उनलाई नेपाली सागीतिक आकासमा खनि हो यामु हे कान्छा, गुराँसै फुल्यो गीतले सांगितिक क्षेत्रमा स्थापीत गर्न निकै ठुलो भुमिका खेलेको छ ।

उनी सांगीतिक कार्यक्रममा कोलाब व्याण्ड व्यकअप व्याण्डका रुपमा रहने छ । त्यसै गरी डिजे महिला केसीकाले सहभागीहरुलाई नचाउने छिन् भने ओपनिङ व्याण्डकका रुपमा फ्युजन मन्त्र व्याण्डले साँझको शुरुवात गर्ने छ ।

बारमा ग्राहकलाई पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सांगीतिक प्रस्तुती आयोजना गर्न लागिएको बारका म्यानेजर हरी पौडेलले जानकारी दिए । शुक्रबार बारमा संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुने उनले बताए । युवा पुस्ता माझ प्रिय विधाका कलाकारको प्रस्तुती रहने भएकाले पनि युवायुवतीको उपस्थिति धेरै हुने उनले बताए ।

कमेन्टहरु
Loading...