त्रिवेणी संगितालयको शाखा लेखनाथमा

पोखरा, १ फागुन /पोखरा लेखनाथ महानगरपालिका–९, न्युरोड, दरबारथोकमा १५ वर्षदेखि संचालन भई रहेको त्रिवेणी संगितालयले लेखनाथको तालचोकमा पहिलो शाखा स्थापना गरेको छ। महाशिवरात्री पर्वको अवसर पारेर मंगलबार सांगितिक कार्यक्रम सहित उद्घाटन गरिएको छ ।

कार्यक्रमका  लेखनाथ साहित्य प्रतिष्ठान तथा सप्तरङ्गि सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष पदमराज ढकालले उद्घाटन गर्दै लेखनाथमा नै पहिलो संगितालयको शाखा खोलेर त्रिवेणी संगितालयले स्थानिय संगितका पारखी, प्रशिक्षार्थीहरुलाई निकै सहयोग पु¥याएको र आगामी दिनहरुमा संगित क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

सो अवसरमा समाजसेवी सुरजजंग राणा, हिमचुली एफएमका स्टेशन मेनेजर अमर गुरुङ, लेट्स एजुकेशन प्रालि.का संचालक महेश पौडेल, दरबारथोक एड्भरटाईजिङ एजेन्सीका संचालक कृष्णबहादुर रानाभाटलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा भक्ति संगित प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष पशुपति कुमार गुप्ता र कोषाध्यक्ष लक्ष्मी गिरीले भजन, प्रशिक्षार्थीहरु रोहीत गुरुङ, निखिल गुरुङ, निसान वराल, अभिषेक सुवेदीलगाएले गित प्रस्तुत गरेका थिए ।

त्रिवेणी संगितालय प्रशिक्षक निर्देशक नवराज वरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तबला प्रशिक्षक खेम लामाले र संचालन प्रशिक्षार्थी वसन्त रानाभाट तथा गितार प्रशिक्षक सुनिल वरालले गरेका थिए ।

कमेन्टहरु
Loading...