सुरजको नयाँ गीत ‘बाडुल्कि लाईरनी’ बजारमा

राजाराम पौडेल/पोखरा २० बैशाख/लोक दोहोरी गायक सुरज लामिछानेको चौथोे एल्बम ‘बाडुल्कि लाईरनी’ बजारमा आएको छ । सुरज लामिछाने र भविकला घर्ती मगर हमालको आवाज रहेको यो एल्बम समावेश गीतको शब्द सिर्जना रमेश विजीको हो ।

सुरज लामिछाने
सुरज लामिछाने

लय संकलन भने लामिछानेलेनै गरेका हुन् । ‘अर्को मंसिर आउंछ सानु यो साल गएपनि, तिमि मेरो म तिम्रै हो जहिले भएपनि,मायाले सम्झेर होकि बाडुलिल्क लाईरनी नरोकि’ गीत नाच्न मिल्ने खालको भएको लामिछाने बताउँछन् । गीत रिलिज गरे सँगै पाएको दर्शक श्रोताको मायाले उत्साहित भएको उनले बताए ।

हमाल म्युजिक प्रा.लि.ले बजारमा ल्याएको एल््बमको गीत सँगै भिडियो समेत सार्वजनिक गरिएको छ । शंकर विसिले निर्देशन गरेको भिडियोमा बाबुकृष्ण परियार, वविता गुरुङ, नसुरदिन मिया र रोजी तामाङको अभिनय रहेको छ । काठमाण्डौमा छायाकंन गरिएको भिडियोले दर्शक श्रोताको मन जित्नेमा गायक लामिछाने विश्वस्त छन् ।

औपचारीक रुपमा वि.स.२०६९ सालमा ‘चाहेर काल आउदो रहेनछ’ बोलको गीत रेर्कड गरी नेपाली साँगीतिक फाँटमा लामिछानेले डेब्यु गरेका थिए । उनले एकल आवाज भरेको यस गीतमा शब्द र लय संकलनमा केशव घिमिरेले साथ दिएका थिए ।भिडियो समेत उत्कृष्ट बनेको यस गीतले दर्शक श्रोतामाझ उनलाई परिचित गराएको थियो । वि.स.२०७० मा तीजको एल्बम ‘खुशी हुँदै हुँदै, बजारमा ल्याए ।

अघिल्लो वर्ष ‘भेटिएन कतै’ एल्बम बजारमा उनले ल्याएका थिए । सम्झना मगर र लामिछानेको आवाजमा रहेको यो गीत मार्फत पनि दर्शक श्रोताको माया बटुल्न सफल भए । अब छिट्टै स्टेज कार्यक्रमलाई लक्षीत गरेर नयाँ गीत बजारमा लयाउने तयारी गरेको उनले जनाएका छन् ।

कमेन्टहरु
Loading...