शिवरात्रीमा सत्याकृत व्यान्डले पोखरा तताउने

पोखरा,२३ माघ/पोखरामा शिवरात्रीको अवसरमा‘महाशिवरात्री साँगीतिक कार्यक्रम’हुने भएको छ । फागुन १ गते हल्लनचोकमा साँझ ६ बजेदेखि सत्याकृत व्याण्डको प्रस्तुति रहने छ । फ्लाइङ बुद्ध प्याराग्लाइडिङ र टिम फाइभ नेपाल प्याराग्लाइडिङको मुख्य आयोजना तथा सामुदायिक सेवा केन्द्र वैदामको सहयोगमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा सत्याकृत व्यान्डले प्रेरणादायी, सकारात्मक भाव सहितका शब्द संयोजनका पूर्वेली, पश्चीमेली शैलीकागीत, भजन प्रस्तुत गर्ने व्यान्डका म्यानेजर विजय गौतमले बताए । मंगलबार पोखरामा पत्रकार समेलन गरि व्यान्डले झन्डै दुई घण्टा प्रस्तुति दिने जानकारी दिए । कार्यक्रम निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ‘हरेक उमेर वर्गका व्यक्तिहरुलाई मन पर्ने प्रस्तुतिदिनेछौं,’ उनले भने, ‘ शिवरात्रीमानो गाजानो भाङ त्यहाँभक्तीको खाजामात्र हुन्छ । भक्तीको नसामा डुवेर कार्यक्रम हेर्न पाउनुहुनेछ । ’

‘युवाहरुमा नैतीकजागरण तथा संस्कृतिजगेर्ना गर्ने सकारात्मकपहल’नारा लिएर उदाएको नेपालको पहिलो र एकमात्रआध्यात्मिक सांगीतिक व्याण्ड ‘सत्याकृत व्याण्ड’ रहेको उनको भनाई छ । विगत ५ वर्ष अघि स्थापना भएर नेपाल भित्रका मुख्य सहर धरान, इटहरी, सर्लाही, विराटनगर, नारायणगढ, खाडी चौर, चरीकोट, पोखरा,दमक लगायत विभिन्न स्थानहरुमा औपचारिक तथा अनौपचारिक प्रस्तुति दिइ सकेको गौतमले बताए ।

उनका अनुसार नेपाल बाहिर दार्जिलिङका विभिन्न स्थानहरुमा समेत आफ्नो प्रस्तुति देखाइसकेको छ । शिवरात्री साँगीतिक कार्यक्रममा टी टाइम रेष्ट्रो, पोखरा पिज्जा, साधना योगा रिट्रिट, नेपालप्याराग्लाइडिङ पाइलट क्लब, खहरे दाजुभाई युवाक्लब, खहरे आमा समूह, बाबु एड्भेन्चर स्कुलले कार्यक्रमलाई सपोर्ट गरेको छ ।

व्यान्डले माघ १२ गते भएको ‘हिट्स एफएमम्युजिक अवार्ड –२०७४’ मा ‘वेस्ट गु्रपपर्फमेन्स’ विधाको छनौटमा मनोनीतभई व्याण्डको ‘गणेश गणनायक’ नामकगीतले उत्कृष्ट अर्वाड प्राप्तगरिसकेको व्यान्डका अर्का सदस्य लक्ष्मण बयलकोटीले बताए । व्यान्डले केही समय पहिले पशुपतिशर्माको आवाजमा ‘सत्य सत्य मिलेर’ गीतबजारमा सार्वजनिक गरेको थियो । कार्यक्रमका एपि वानले प्रत्यक्ष प्रसारण गर्ने छ ।

कमेन्टहरु
Loading...