१२ जना स्रस्टालाई सम्पदा राष्ट्रिय अवार्ड

पोखरा, २८ पुस / सम्पदा कला मन्दिर नेपालले आयोजना गरेको स्रस्टा अवार्डबाट १२ जना सम्मानीत भएका छन् ।

उत्कृष्ट फिल्म निर्देशक अवार्ड युवा फिल्म निर्देशक घनश्याम लामिछाने , उत्कृष्ट धुनसम्राट बि बि अनुरागी, उत्कृस्ट लोकगायक अवार्ड पदमराज ढकाल, उत्कृष्ट, उत्कृष्ट अग्रज समाजसेवी अवार्ड विश्वमोहन गौचन , उत्कृष्ट स्वस्थकर्मी अवार्ड योगेन्द्रराज रेग्मी, ,उत्कृस्ट एकेडेमिक अवार्ड प्रा डा यम ब क्षेत्री , उत्कृष्ट शिक्षा अवार्ड श्रीकृष्ण अधिकारी ,उत्कृष्ट नृत्य निर्देश अवार्ड सुवास राई, उत्कृष्ट स्वाथ्यकर्मी अवार्ड दिपेन्द्र सुनार ,उत्कृष्ट नारी चित्रकार अवार्ड मिलन शेरचन,उत्कृष्ट आत्मकथा रमा परासर, उद्घोषक देवेन्द्र शाहीलाई प्रदान गरिएको हो।

विभिन्न क्षेत्रमा योगदान गर्दै आएका व्यक्ति हरुलाई सम्मान गरियो । जसमा लामो समय सम्म सामाजिक र कला क्षेत्रमा काम गर्दै आएका व्यक्ति हरु थिए । सम्मानित व्यक्ति को तर्फ बाट बि बि अनुरागीले आफ्नो मन्त्यव राखेका थिए ।

सम्पदा कला मन्दिरले अब सम्मानित सम्पूर्ण व्यक्ति लाई थप जिमेवार बनाई दिएकोू भनाई राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि माननीय साम्सद सुर्य बहादुर के सी द्वारा १२ स्रस्टा लाई अवार्ड प्रदान गरिएको थियो ।

यसका साथै कला र सामाजिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरुलाई आगामी दिनमा पनि थप जिमेवारबोध गराउने कार्य निरन्तर रहने सम्पदा कला मन्दिर नेपालका अध्यक्ष देशभक्त्त सिंग कुवरले जानकारी दिए उक्त कार्यक्रममा अलौकिक कवि एबम साहित्यकार देसभक्त सिंह कुवर द्वारा लिखित सिजो संग्रह सामना को लोकार्पण पनि गरिएको थियो ।

कमेन्टहरु
Loading...