२० औं पोखरा सडक महोत्सव मंगलबार सकिंदै

पोखरा,१७ पुष /रेवान पोखराको आयोजनामा लेकसाइडमा जारी पोखरा सडक महोत्सवको २० औं संस्करण मंगलबार सकिंदै छ । पाँचदिने महोत्सवको अन्तिम दिन मंगलबार दिनभर विभिन्न कार्यक्रम हुनेछन् । साँझदेखि अनौपचारिक रुपमा महोत्सव सम्पन्न हुनेछ ।महोत्सवमा सोमबार दर्शकहरुको अत्यन्तै भिड लाग्यो । अंग्रेजी नयाँ वर्ष २०१८ लाई विदाई गर्दै २०१९ को स्वागत गर्नका लागि पोखरेलीहरु सडक महोत्सवमा पुगेका हुन् ।

सोमबार महोत्सवको प्रमुख स्थल कोमागाने पार्कमा प्रजापति पराजुली, बद्रि पंगेनी, कुमार पुन, जिवन दाहाल, सरला पाण्डे, पार्वती जिसी, बबिता बानियाँ, माया गुरुङ्ग, केशब देवकोटा, मञ्जु विक, अनिता पन्त, प्रदिप त्रिपाठी, कृष्ण सुवेदी लगायतको लोकदोहोरी प्रस्तुती गरेको थियो ।त्यसैगरि दोहोरी गित प्रतियोतिगामा गोर्खा र स्याँग्जा जिल्ला तथा कास्की र बाग्लुङविच प्रतिस्पर्धा भएको छ । रत्यौलि प्रतियोगितामा पनि विभिन्न समुहले आ–आफ्नों प्रस्तुती दिए । हाँस्यब्यँग्य तर्फ दिपक थापा, घिरौली, बुद्धि खनालको प्रस्तुतीले मनोरञ्जन दिलायो भने तामाङ्ग सेलो, चुनुसिल्पा परिवारको नृत्य प्रस्तुती पनि सोमबारनै भएको साँस्कृती समितिका भरत पौडेलले बताए ।

सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने मूलनाराका साथ भएको महोत्सव अन्तर्गत सोमबार स्टाफ तथा टुरिष्ट रेस सम्पन्न भएको छ । स्टाफ रेसमा ओपन हाउस रेष्टुरेष्टका गणेश गिरी प्रथम, बि ह्याप्पी रेष्टुरेण्टका चिना घर्ती द्वितिय तथा हंग्री आइका संसार पराजुली तृतीय भए । उनीहरुले क्रमश ५, ३ र २ हजार नगद पुरस्कार प्राप्त गरेका थिए । टुरिष्ट रेसमा साउद कोरियाका याङ जे युक प्रथम भएको महोत्सव अन्तर्गत खेलकुद कार्यक्रम संयोजक विकास भट्टराईले जानकारी दिए ।चौथो दिनपनि लेकसाइडको तीन किलोमिटर क्षेत्रभित्रको विभिन्न स्थानहरुमा पनि साँस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमले निरन्तरता पाएको आयोजक रेवान पोखराका महासचिव गणेश थापाले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...