Ganthan News Pokhara
All news from Pokhara & around

साउथ इन्डिया र सुदुरपश्चिमको फ्युजन, ‘रणवीर’

0

पोखरा, ६ माघ/ नेपालीफिल्म‘रणवीर’को टोलीपोखरा आईपुगेको छ । माघ १८ गतेदेखि प्रदर्शनमाआउनलागेको फिल्म‘रणवीर’यतिबेलाप्रचारको दौडमा छ । पोखरा आईपुगेको फिल्मको यूनिटले ‘रणवीर’फिल्मदर्शकको लागि सम्पूर्ण प्याकेज भएको दाबी गरेको छ ।

‘यो फिल्म हेर्दा दर्शकले पुरै मनोरञ्जन लिन सक्नुहुनेछ । र, हामीले दर्शकको सन्तुष्टिको लागिफिल्मलाई उत्कृष्ट बनाउने कुनै कसर छाडेका छैनौँ ।’ फिल्मकानिर्देशकगोबिन्दसिंह भण्डारीले भने–‘हामी सबैलाई यो फिल्म हेर्नकालागिआह्वान गर्छौँ ।’

फिल्मको ट्रेलर सार्वजनिकभएसँगै यो फिल्म ‘साउथ इन्डियन’ शैलीमाबनेको भनेर चर्चा गरिएको छ । यद्यपीफिल्मकानिर्देशकले भने यो फिल्ममा नेपालको सुदुरपश्चिम भेगको कथालाई समेटिएको बताउँछन् । ‘वास्तवमाभन्ने हो भने मैले थुप्रै साउथ इन्डियन फिल्महरुमा सहायकनिर्देशकभएर कामगरिसकेको छु । र, त्यहि स्कुलिङबाट आएकोले फिल्म सोहि शैलीमाबनाएको हुँ ।’ उनले भने–‘फिल्मको यो शैलीलाई नेपालीदर्शकले रुचाएको पनिपाएको छु । आशा छ रणवीरलाई पनि रुचाईदिनुहुनेछ ।’

फिल्ममा सुशिल सिटौलामूख्यभुमिकामा देखिएका छन् । उनीसँगै सुभेच्छा खड्का र सुपुष्पा भट्ट यो फिल्मकामुख्यकलाकार हुन् । फिल्ममाप्रशान्तताम्राकार सुशिलको अपोजिटमा देखिएका छन् । प्रशान्त र सुशिलबीचको भिडन्त दर्शकको लागिगज्जबको मनोरञ्जन हुने यो फिल्मको निर्माण यूनिटको विश्वास छ ।

शनिबार पोखरामाभएको विशेष पत्रकार भेटघाटको क्रममाअभिनेता सुशिल सिटौलाले फिल्मकालागिआफूले खुब मेहेनत गरेको बताए । ‘मलाई फुलफेजमा एउटा हिरोको रुपमा यो फिल्ममा देखाईएको छ । यो मेरो करिअरको लागि सबैभन्दा महत्वपूर्ण अवसर हो । दर्शकलाई निराशहुनदिनेछैन ।’ अभिनेता सुशिलले भने ।

त्यस्तै अभिनेत्रीद्वय सुभेच्छा र सुपुष्पाले पनिफिल्म हेरिदिनदर्शकहरुसँग आग्रह गरे । आफूहरु दुवैको लागि यो फिल्म डेब्यू हुनुका साथै विशेष भएको उनीहरुको तर्क थियो । दर्शकलाई मनोरञ्जन दिनकालागिफिल्मउत्कृष्ट भएको उनीहरुले बताए ।

पत्रकार सम्मेलनमा फिल्मका निर्माता द्वय दीपेन्द्र रेग्मीर गोमा विष्ट थापाले नेपालीफिल्मको स्तरोन्नतीका लागि आफूहरु आएकोले दर्शकको साथ र मायाको आवश्यकता भएको बताए । फिल्मलाई उत्कृष्ट बनाउन आफूहरुले दिलखोलेर लगानी गरेको र त्यसको प्रतिफल पनिउत्कृष्ट आएको उनीहरुको भनाई थियो । फिल्मको ट्रेलरसँगै ‘तिरिमिरी तिरिमिरी तीनतारा’बोलको गीत यति बेला चर्चामा छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु