पोखरामा ट्यालेण्ट क्वेष्ट गण्डकी–२०७६ हुने

साउन १५,पोखरा/फेवा डान्सिङ्ग एकेडेमी पोखराको आयोजनामा पोखरामा ट्यालेण्ट क्वेष्ट गण्डकी सिजन वान–२०७६ हुने भएको छ । ‘बचाऔं हाम्रो मौलिक लोक संस्कृती, हटाऔं पाश्चात्य पश्चिमी विकृती’ भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त ट्यालेण्ट क्वेष्टका लागि यतिबेला आयोजक तयारीमा जुटेको छ ।

डान्सिङ्ग र मोडलिङ्ग गरि दुई विधामा हुने प्रतिस्पर्धाका लागि प्रतिस्पर्धीको छनौंट कार्य भइरहेको कार्यक्रमका संयोजक हरि रम्तेलले जानकारी दिए ।एच.आर.फ्रेमिङ्ग र पिएम प्रिण्टिङ्ग अफसेट प्रेशको सहयोग तथा निश्चल डान्स एकेडेमिको सहकार्यमा हुने प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भइसकेको छ । गत शनिबार डान्सिङ्गतर्फको पहिलो अडिसन सम्पन्न भएको छ । दोश्रो अडिसन आउँदो शनिबार पोखराको न्यूरोडस्थित मिलनसार रेष्टुरेण्ट एण्ड बारमा हुने संयोजक रम्तेलले बताए ।

प्रतियोगिता अन्तर्गत डान्सिङ्गतर्फ प्रथम, द्वितिय र तृतीय हुने प्रतिस्पर्धीले क्रमश ः नगद ३० हजार, २० हजार र १० हजार सहित प्रमाण–पत्र, म्युजिक भिडियो, जोमसोम प्याकेज तथा अन्य आकर्षक गिफ्ट ह्याम्पस पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, मोडलिङ्गतर्फपनि आकर्षक पुरस्कार रहने उनले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न विभिन्न उप–समितिहरु गठन गरिएको छ । कार्यक्रमको मुख्य संयोजक प्रविन मगर, उप–संयोजकमा अनिस कुमार भोज रहेका छन् ।

कमेन्टहरु
Loading...