नाटक ‘मौसम हराएको देश’ मञ्चनको तयारी पुरा

पोखरा, ७ भाद्र/भदौ ९, १० र ११ पोखरामा मञ्चन हुने नाटक ‘मौसम हराएको देश’ को मञ्चनको सम्पुर्ण तयारी पुरा भएको छ । पञ्चामृत नाट्य समुह पोखराको संयोजनमा तीन दिन पोखरा उद्योग वाणीज्य संघको हलमा हुने मञ्चन कार्यक्रम भव्य हुने आयोजकले दावी गरेका छन् । दिउँसो ३ बजेबाट शुरु हुने नाटक हेरेर प्रतिक्रिया दिन उनीहरुले नाट्यप्रेमी सँग आग्रह गरेका छन् ।

नाटक ‘मौसम हराएको देश’ मञ्चनको तयारी पुरा
नाटक ‘मौसम हराएको देश’ मञ्चनको तयारी पुरा

कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको नाटकमा दिल प्रसाद गुरुङ, परिवर्तन, निलम तामाङ, सवु पाठक, सितला अधिकारी, आशिष अधिकारी, रमेश बाबु तिमिल्सिना, केशव क्षेत्री, प्रेम केसी, उज्वल रेग्मी, आकाश दाहाल र अर्जुन रेग्मीको अभिनय रहने छ । नाटकमा संगीत संयोजनको जिम्मा रोम तामाङलाई दिइएको छ ।

नाटकको सुत्रधार गोविन्द सिञ्जाली मगर हुन् भने सह–निर्देशन विष्णु प्रसाद गौतम, प्रकाश राकेश जंग पन्थि, संयोजन परिवर्तन, प्रबन्धक विवश बाबु, मञ्च व्यवस्थापनको जिम्मा हेमन्त हितेषीले पाएका छन् । नाटककार उदासीको यो १ सय ४ औ नाटक हो । यस अगाडी उदासीले १ सय ३ नाटकमा विभिन्न जिम्मेवारी लिएर काम गरिसकेका छन् । एक महिनाको रिर्हसल प्रश्चात देखाइन लागेको नाटकको सूरुवात भुकम्पको परिवेशबाट हुन्छ ।

भुकम्प पछाडीको पुर्नस्थापित बस्तिबाट नाटक अगाडी बढ्छ । प्रकृती प्रेम र जीवन सर्घष नाटकमा देखाइने नाटककार उदासीले जनाए । ‘मानिसलाई मानिसबाटै मात्र नभई प्रकृतीबाट हुने घात समेतलाई देखाउन खोजका छौँ’ उनले भने । विभिन्न कारुणीक दृश्यको अलावा हाँस्य सामाग्री मार्फत समेत दर्शकले मनोरञ्जन लिन पाउने छन् । झण्डै डेढ घण्टा लामो यो नाटकबाट दर्शकले नाटकको वास्तवीक मज्जा लिने दावी उदासीको छ ।

‘यस्को विशेषता भनेको यो नाटक सजिलै बुझ्न सकिने, संवाद थोरै र अभिनय धेरै हुनु नै हो’ उनले भने । नाटकमा प्रयोग हुने इफेक्टले नाटकको विषयवस्तुलाई प्रष्ट्र पार्ने भएकोले इफेक्टको अत्याधिक प्रयोग यो नाटकमा गरिने छ । जसका लागि संगीतकार नै नियुक्त्त गरेर काम गरिएको छ । यो नाटकको मञ्चन पश्चात पोखरामा नाटक व्यवसायिक बन्ने बाटो खुल्ने विश्वास निर्माण पक्षले लिएकोले उनीहरु उत्साहित छन् ।

कमेन्टहरु
Loading...