आठौ पोखरा महोत्सव सुरु, युनाइटेड क्लवको सामाजिक कामबाट​ संघ सस्थाले पाठ सिक्न आवश्यक : अधिकारी

पोखरा ,२७ पुस/पोखराको अमरसिंह चौरमा बिहिबार​ ​देखि आठौ संस्करणको पोखरा महोत्सव सुरु भएको छ ।माघ ८ गते सम्म सञ्चालन हुने महोत्सवको कास्की क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य खगराज अधिकारीले उद्घाटन गरेका छन् ।महोत्सवको उद्घाटन गर्दै अधिकारीले युनाइटेड क्लवको सामाजिक कामलाई सम्पूर्ण संघ सस्थाले अवलम्बन गर्नुपर्ने वताए ।अधिकारीले युनाइटेड क्लवले महोत्सवकै आयोजना गरी पोखरामा अन्तराष्ट्रिय स्तरको चिडियाखाना निर्माणमा पहल कदमी थालेर आठौ महोत्सव सम्म आइपुग्दा बन्यजन्तु उद्धार केन्द्र निर्माण गर्न सफल भएकोमा स्थानिय स्तरमा भएको कामको प्रशंसा गर्दै आफ्नो तर्फबाट पनि चिडियाखाना निर्माणका लागी काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

आठौ पोखरा महोत्सव सुरु

सो अवसरमा वोल्दै प्रकृति संरक्षण कोषका पूर्व सदस्य सचिव जुद्ध बहादुर गुरुङले पोखरा आफैमा पर्यटकीय गन्तब्य रहेको सन्दर्भमा युनाइटेड क्लवले पोखरामा चिडियाखाना निर्माणमा देखाएको सक्रियतालाई सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।महोत्सवको औचित्यमाथी प्रकाश पार्दै क्लवका संस्थापक अध्यक्ष तथा पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितीका संयोजक हिमालय बख्रेलले क्लवले स्थापना कालदेखि सामाजिक काममा अगाडी वढिरहेको सन्दर्भमा आठौ पोखरा महोत्सव सम्म आइपुग्दा पोखरा लेखनाथको पचभैयामा निर्माणधिन चिडियाखाना भित्र बन्यजन्तु उद्धार केन्द्र निर्माण भइसकेको र त्यहां विभिन्न ठाउबाट उद्धार गरी ल्याइएका बन्यजन्तुहरु रहेकाले एकपटक पचभैया गएर युनाइटेड क्लवले गरेको क्रियाकलापलाई प्रत्यक्ष अवलोकन गरिदिन सवैलाई आग्रह गरे ।

क्लवका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमाम कास्की क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य दिपक कोइराला, कास्की क्षेत्र नम्बर १ ख का प्रदेश सभा सदस्य मन बहादुर गुरुङ , कास्की क्षेत्र नम्बर दुइ ख का प्रदेश सभा सदस्य बिन्दु थापा, कास्कीका जिल्ला वन अधिकृत केदार बराल, जिल्ला समन्वय समिती कास्कीका सभापति बयन बहादुर क्षेत्री, संघ सस्थाका तर्फबाट पवित्रादेवी गुरुङ, लोक दोहोरी गायक प्रजापति पराजुली,पोखरा महोत्सवका मुख्य प्रायोजक नेपाल शालिमार सिमेन्ट गण्डकी धौलागिरीका प्रमुख दिनेश कुमार चौधरी, अमरसिंह मावि ब्यवस्थापन समितीका अध्यक्ष तेजश्वी वराल लगायतले मन्तब्य राखेका थिए ।क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन महोत्सव प्रचार प्रसार संयोजक राजु श्रेष्ठले गरेका थिए ।

यसैविच महोत्सव पूर्व पोखरा रंगशाला बाट विभिन्न जनजाति, आमा समुह, टोल बिकास संस्था, महिला समुह, धार्मिक तथा सामाजिक संघ सस्थाहरुको आ आफ्नो सांस्कृतिक झल्कने ¥याली तथा झांकी महोत्सव स्थल अमरसिंह चौरमा प्रवेश गरेको थियो ।झांकी तथा ¥यालीमा सहभागी ९५ वटा संघ सस्थाबीच प्रतिस्पर्धा समेत सम्पन्न भएको थियो । उक्त प्रतिस्पर्धाबाट झांकी तर्फ डढुवा दर्छा लम्जुङ समाज प्रथम, द्धितिय राम बजार मगर समाज, तेश्रो ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय र सान्त्वना तमु समाज र ¥याली तर्फ लक्ष्मीटोल आमा समुह प्रथम, जनप्रिय टोल आमा समुह द्धितिय, स्वर्णीम टोल आमा समुह तेश्रो र भद्रकाली दिदिबहिनी समुहले सान्त्वना स्थान हासिल गरेको महोत्सवका झांकी तथा ¥याली मुल्यांकन उपसमिती संयोजक फत्त बहादुर गुरुङले जानकारी दिए ।

महोत्सवको पहिलो दिन सांस्कृतिक कार्यक्रम तर्फ लोक तथा दोहोरी गायक प्रजापति पराजुली, मोहन गुरुङ, शिबहरी ढुङ्गाना लगायतले दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । महोत्सवको दोश्रो दिन शुक्रबार लोकदोहोरी तर्फ राजु गुरुङ, प्रजापति पराजुली, शिवहरी ढंगाना लगायतको प्रस्तुती रहने छभने लाइभ ब्याण्डतर्फ प्रोभर्स र कपिल पुन वान मेन ब्याण्डको प्रस्तुती रहने कलाकार ब्यवस्थापन उपसमिती संयोजक लालकाजी गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...