अदृश गुरुङले ‘पहिलो भेटमै’ गोलीहानेपछि……(भिडियो सहित)

पोखरा, ३ भदौ /पछिल्लो समय म्युजिकभिडियोमा व्यस्त मोडल तथा संचारकर्मी अदृश गुरुङको ‘पहिलो भेटमै’ गीतको नयाँ म्युजिक भिडिया हाईलाइटस नेपालको यूटुबच्यानल मार्फत सार्वजनिक भएको छ ।

गजलकार सजना गुरुङको शब्द रचनामा रहेको गीतमा गायिका निरा रानाभाटले स्वर दिएकी छन् । अदृश गुरुङसंगै सविना गुरुङले फिचरिङ गरेको भिडियोलाई निर्देशन, सम्पादनतथा छ्याङकन राकेश गुरुङले गरेका हुन् ।

आर इन्टरटेन्मेण्टको प्रस्तुुति रहेको गीतमा गैरे सुरेशको सङ्गीत रहेको छ । पोखरा आसपासको रमणीय स्थलहरुमा छायाङ्कन गरिएको छ । भिडियोको कोरियोग्राफी जसु गुरुङले गरेकीछन् भने डि.पी. गुरुङले म्युजिक भिडियो निमार्ण गरेका हुन् ।

कमेन्टहरु
Loading...