निरमाया दोहोरी साँझमा प्रकाश सपुतको प्रस्तुती

पोखरा, १४ असार /सधैजसो खचाखच हुने पोखराको चिप्लेढुंगामा रहेको निरमाया दोहोरी सांझमा मंगलबारको सांझको रौनक बेग्लै रहयो । निरमाया दोहोरी सांझले आफ्नो १३ औ वार्षिकोत्सवको अवसरमा मंगलबार देखी शनिवार सम्म विशेष कार्यक्रमको आयोजना गरेका कारण मंगलबार सांझ ८ बजे दोहोरीमा दोहोरी पारखीहरुकोे जमघट बाक्लो थियो ।

कोही खानामा रमाइलो गर्दै थिएभने कोही दोहोरीमा रमिरहेका थिए, त्यतिकै बेला पछिल्लो समय चर्चाको शिखरमा रहेका प्रकाश सपुतको आगमनले झन माहोलमा रौनकता थपियो ।

कहिले दर्शकलाई दोहोरी ब्याटल त कहिले बोल ……. माया ……जस्ता गीतको माध्यमबाट दर्शकलाई रुवाउने सपुतको आगमनले दोहोरीमा उपस्थित माहौलमा थप रौनकता थपियो । स्टेजमा पुग्ने बित्तिकै सपुतले पछिल्लो समय सवैको मन मस्तिस्कमा बस्न सफल बोल ……. माया ….. को स्वगको बाटो आफ्ठेरो होला भन्ने टुक्का भन्नासाथ माहौलमा एक्कासी शुन्यता छायो ।

सपुतले टुक्का छाडेर फेरी चरर …… बररर …….गीत गाउमा दोहोरीमा उपस्थित दर्शकले समेत सपुतलाई साथ दिए । सपुतले दोहोरी ब्याटल, बोल माया, चरर बरर, पञ्चेबाजा लगायतका गीतहरुको प्रस्तुती संगै दोहारी मार्फत दर्शकहरुलाई सांझको साढे ११ बजे सम्म मनोरन्जन प्रदान गरेको दोहोरी सञ्चालक जीवन गुरुङले वताए ।

दोहोरी सांझमा बुधवार चर्चित लोकदोहारी गायिका शर्मिला गुरुङ, बिहीबार बेली डान्सर तथा दोहोरी गायिका प्रीति आले र शुक्रबार लोकदोहारी गायक कुमार पुनको प्रस्तुती रहने छ । त्यसैगरी वार्षिकोत्सव अवधिभर प्रत्येक सांझ कोरस ब्याण्डको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...