अम्बिका र चन्द्रावतीको ‘हाम्रो माईती घर’ (भिडियो सहित)

पोखरा, २२ साउन /बिगतका वर्षमा जस्तै यस वर्ष पनि तीजको गीत आउने क्रम जारी छ । साउन महिनाको सुरुवात सँगै तीजका गीतहरु रेडियो, टेलिभिजनमा गुञ्जिन थाल्छन् ।

यस्तै गायिका द्वय अम्बिका भण्डारी र गायिका चन्द्रावती वाग्लेले पनि ‘हाम्रो माईती घर’ बोलको तीज गीत बजारमा ल्याएका छन् ।  गीतमा शब्द गायिका अम्बिका भण्डारीको रहेको छ, भने गायिका द्वय अम्बिका भण्डारी र चन्द्रावती वाग्लेको स्वर रहेको छ । त्यस्तै, गीतमा भावना पन्त र सरस्वती भुसालको अभिनय रहेको छ ।

बाल कृष्ण गुरुङले निर्देशन गरेको म्युजिक भिडियोमा भगत गुरुङको सम्पादन रहेको छ । म्युजिक भिडियोलाई खिम बहादुर गुरुङले खिचेका हुन् भने मुनाल फिल्म पाइभेट लिमिटेडले बजार व्यवस्तापन गरेको हो ।

कमेन्टहरु
Loading...