Ganthan News Pokhara
All news from Pokhara & around

चलचित्र ‘कहिँ कतै’ को देश दौडाहा पोखरामा

0

श्याम राना
पोखरा, २४ साउन /फिल्म कहिँ कतै आउँदो २५ गते देखि देशभर एकै साथ प्रदर्शन हुदैछ । बिहीबार पोखरामा फिल्मको प्रमोशनार्थ पत्रकार भेटघाट गर्दै फिल्म युनिटले देशभर एक साथ प्रर्दशन हुन लागेको छ ।

आफू सिमापारिको भए पनि मन भने नेपाली नै रहेको फिल्मकी निर्मात्री तथा नायिका समेत रहेकी उमा गिरीले बताइन् । नयाँ कलाकारलाई अघि बढ्न प्लाट फर्म दिन पाउँदा खुसि लाग्ने उनले सुनाइन् । ‘१४ वर्ष भयो यो क्षेत्रमा लागेको,’ उनले भनीन्, ‘नयाँ आउँने कलाकारलाई ठाउँ दिन पाउँदा खुसि लाग्छ ।’

सिमा पारी भएर पनि कसरि देशलाई माया गर्न सकिन्छ भन्ने फिल्मको मुल बिषयबस्तु रहेको उनले सुनाइन् । ‘फ्याम्ली ड्रामा भएकाले पनि एकपटक सबैले हेर्नुपर्छ,’ उनले भनीन् । फिल्मका नायक किशोर खतिवडाले फिल्म निकै राम्रो बनेको बताए । फिल्मको बिषवस्तु फ्याम्ली ड्रामा भएकाले पनि सबै दर्शकको माया पाउने अपेक्षा रहेको उनको भनाई थियो ।

नव नायक सोनम बरफुङ्गाले फिल्मप्रति निकै आशावादि रहेको बताए । यसअघि उनी सिक्किममा ¥याम मोडलिङ्ग गर्थे । नायिका सिवानी गिरीले फिल्म निकै राम्रो बनेको सुनाइन । नायक दिलिप रायमाझि र निर्देशक सबिर श्रेष्ठ भने अनुस्थित थिए । फिल्म रिलिजको सँघारमा रहेको हुनाले उनीहरु उपस्थित हुन नसकेको फिल्म युनिटले जानकारी दियो ।

फिल्मको अधिकाशं छायांकन सिक्किम गरिएको छ ।फिल्ममा करिब १ करोड बराबरको लगानी रहेको निमार्ण युनिटले जनाएको छ ।

Advertisements
अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...