नेपाल आइडलको पोखरा अडिसनमा उत्साहजनक सहभागीता

पोखरा, १४ वैशाख/अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको टेलिभिजन एपीवानले सञ्चालन गरेको नेपाल आइडलको सिजन टु को पोखरा अडिसनमा उत्यसाहजनक रुपमा सहभागीता जनाएका छन् । पोखराको सिमलचौरमा रहेको जनप्रिय माविमा भएको अडिसनमा अघिल्लो वर्षको भन्दा बढि समभागीता भएको नेपाल आइडलका प्रोजेक्ट हेड तथा डाईरेक्टर सुरेश पौडेलले जानकारी दिए ।

उनले पहिलो चरणको अडिसनमा पोखरा र अन्य क्षेत्रबाट उत्साहजनक रुपमा सहभागीता जनाएको बताए । कतिपय प्रतियोगी धरान, हेटौडाबाट समेत आएको बताए । उनले पहिलो अडिसनबाट छनौट भएकाहरुलाई शनिबार पोखराका माउण्ट कैलाश रिर्सोटमा हुने अडिसनबाट छनौट गरिने बताए । उनले अघिल्लो नेपाल आइडलमा भएका कमिकम्जोरीलाई हटाएर अझ उत्कृष्ट कार्यक्रम बनाएको उल्लखे गरे । पहिलो संस्करणको भन्दा वाइल्ड् कार्ड, गोल्डेन माईक र अन्तिम सम्म निर्णायकलाई ५० प्रतिशत निर्णयको अधिकार थपिएको उनको भनाई छ ।

प्रतियोगिताको निर्णायकमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले अघिल्लो वर्ष देखि नेपाल आइडल गायन प्रतियोगिता सुरु गरेको हो । पहिलो नेपाल आइडलका विजेता बुद्ध लामा पोखराका हुन् । नेपाल आइडलको अडिसन भैरहवा, धनगढी, बीरगंज हेटौडा र धरानमा सम्पन्न भइसकेको बिहीबार पोखरामा भएको हो ।

कमेन्टहरु
Loading...