मुक्तक मञ्च पोखराको ११४औँ मुक्तक वाचन नदिपुरमा

पोखरा, २६ कार्तिक /मुक्तक मञ्च पोखराको ११४औँ मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । मुक्तकको उत्थान हाम्रो अभियान भन्ने मुल उद्घोषका साथ मुक्तकमा क्रियाशिल संस्थाको कार्यक्रम पोखराको नदिपुरमा रहेको वालमन्दिरमा भएको थियो ।

प्राकृतिक सौन्दर्यका अलावा कला र साहित्यमा पनि धनि पोखरामा मुक्तक मञ्चले हरेक महिनाको अन्तिम शनिवार नियमित रुपमा मुक्तक वाचन श्रृंखला आयोजना गर्दै आएको छ । पोखराको साहित्य जगतमा थुप्रै मुक्तककारहरु जन्मिसकेका छन् । यस संस्थाले नयाँ प्रतिभाहरुलाई मुक्तक लेखन सँगै वाचनमा प्रोत्सान गर्दै आइरहको छ ।

कार्यक्रममा अजय अनमोल, किरण ढकाल, रबिन ढकाल, रोशन तल्कोटे, भरत पोखरेल, अनिता दाहाल, सविता सापकोटा, शशी अधिकारी, गौरी तमु, दिपक समिप लगायत अन्य दुई दर्जन भन्दा बढिले मुक्तक वाचन गरेका थिए । संस्थाका अध्यक्ष प्राञ्जलको अध्यक्षता तथा सल्लाहकार दीपक समिपको आतिथ्यतामा कार्यक्रम अगाडी बढेको थियो ।

प्राय युवापुस्ताको उपस्थिती रहेको कार्यक्रममा प्रेमिल मुक्तकहरु सुनिएको थियो । सल्लाहकार दीपक समिपले मुक्तकमा युवा पुस्ताले देखाएको उत्सुकता र नयाँ मुक्तक सुन्न पाएर खुशी भएको बताए । उनले पनि युवापुस्तालाई लक्षित गरि प्रेमिल मुक्तक नै सुनाए । संस्थाका अध्यक्ष प्राञ्जलले पोखरा भन्दा बाहिरका केही मुक्तककारका मुक्तकसँगै आफ्नो मुक्तक पनि सुनाए । कार्यक्रमको संचालन संस्थाका सचीव रामजी प्रसाद आचार्यले गरेका थिए ।

कमेन्टहरु
Loading...