‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल’को अडिशनमा २२ जना छनौट

पोखरा, १३ चैत/हस्पिटालिटी क्षेत्रलाई लक्षित गर्दै आयोजना भएको ब्यूटि प्याजेन्ट ‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल’को अन्तिम अडिशनबाट २२ जना छनौट भएका छन् । अडिसनमा सहभागी ४८ जना युवा युवती मध्ये बाट २२ जनालाई छनोट गरीएको छ । पोखरा, चितवन, बुटवल र काठमाण्डौ लगाएतका बिभिन्न ठांउबाट सहभागीता जनाउने छन् ।

‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल’ प्रतियोगिता अन्य ‘ब्यूटि प्याजेन्ट’को तुलनामा फरक शैलीको हुने आयोजक संस्थाका निर्देशक अर्जुन पाण्डेले दाबी गरेका छन् । ‘हस्पिटालिटी क्षेत्र धेरै व्यवसायसंग कनेक्टेड क्षेत्र हो । र, यससंग सम्बन्धित प्रतिभाहरुका लागि यस्तो खाले इभेन्ट भएको थिएन त्यसैले हामीले नयँं कन्सेप्टमा यो कार्यक्रमलाई अगाडि ल्याएका हौ ।’ पाण्डेले भने–‘यो इभेन्टमा हस्पिटालिटी क्षेत्रसंग सम्बन्धित युवा र युवतीले मात्रै सहभागिता जनाउन पाउनेछन् ।’ प्रतियोगितालाई कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजले मुख्य प्रायोजन गरेको छ ।

हस्पिटालिटी थिमको फोटो सेशन, ट्यालेन्ट राउण्डपछि हुने ग्राण्ड फिनालेमा सहभागीहरुलाई सेफ कोट र वेटर ड्रेसमै ¥र्याम्पमा समेत हिडाईने प्रतियोगिताको कोरियोग्राफर सुरज थापाले जानकारी दिए । अडिसनबाट छानिएका सहभागीहरुका लागि २२ दिनको बन्द प्रशिक्षण राखिने र २२ दिनको प्रशिक्षणको क्रममा विभिन्न होटलका संचालक, सेफ तथा म्यानेजर र सम्बन्धित श्रेत्रका बिज्ञहरु संग उनीहरुलाई अन्तरक्रिया गराईनेछ । यो बीचमा सहभागीहरुले हस्पिटालिटी क्षेत्रको बारेमा धेरै ज्ञान लिन सक्ने कार्यक्रम संयोजक सैलेश शाहीले बताए ।

प्रतियोगिताको बिजेता युवा र युवतीलाई ७५ र ७५ हजार रुपैयां बराबरको पुरस्कार संगै तारे होटलमा जागिरको ग्यारेन्टी दिने आयोजकले बताएको छ । त्यस्तै आयोजकले फस्ट रनरअपलाई ५० हजार, सेकेन्ड रनरअपलाई २५ हजार रुपैयां बराबरको पुरस्कारसंगै जागिरको ग्यारेन्टी दिएको छ । आयोजकले विजेताहरुसंगै उत्कृष्ट १० जना सहभागीहरुलाई समेत तारे होटलमा जागिरको ग्यारेन्टी दिईने जनाएको छ । अडिशनको निर्णायकमा राम सेफ, संजोक बस्याल, तेन्जिङ्ग यसी, सुरज थापा, शोभा के.सी. सुरज श्रेष्ठ आदी रहेका थिए । एपी इन्टरटेन्मेन्टले यो इभेन्टको आयोजना गरेको हो ।

कमेन्टहरु
Loading...