तेस्रो हिरो मिसेस गुरुङको उपाधि रबिता गुरुङलाई

पोखरा ५ साउन /विवाहित गुरुङ महिलाहरुका लागि आयोजना गरिएको सुन्दरी प्रतियोगिता मिसेस गुरुङको उपाधि कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ थाम लङकछार निवासी रबिता गुरुङले जित्नु भएको छ ।

तेस्रो संस्करणको हिरो मिसेस गुरुङको उपाधी बिजेता रबिताले उपाधीसँगै मोष्ट वाल्क, मोष्ट इन्टेलिजेन्ट र वेष्ट परफमेन्स गरि तीन वटा अन्य सब टाइटल पनि जितेका छन् । अहिलेको युवा पुस्ताले तमू भाषा संस्कृतिको संरक्षण गर्न कस्तो तरिका अपनाउनु पर्ला ?

भन्ने निर्णायको प्रश्नमा रबिताले अहिलेको पुस्तालाई भाषा संस्कृति सिकाउनको लागि पहिलो पाठशाला घर भएको भन्दै सबै भन्दा पहिलो घरबाट नै यसको सुरुवात गर्नुपर्ने र घरमै बाल बच्चालाई भाषा, संस्कार, संस्कृतिको कुरा सिकाउनुपर्ने जवाफ दिनुभएको थियो ।

बिजेता रबिताले हिरो होन्डाको डुयुट स्कुटर, चाँदीको ताज र अन्य पुरस्कारहरु प्राप्त गर्नुभएको छ । प्रतियोगितामा फष्ट रनरअप सम्झना गुरुङ हुुनुभएको छ उपाधीसँगै सम्झनाले मोष्ट एक्टिभ र वेष्ट हियरको उपाधी पनि जित्नुभएको छ । यस्तै सेन्केन्ड रनरअप तनु गुरुङ बन्न सफल हुनुभएको छ । उहाँले यो सँगै मोष्ट डिसिप्लिन र वेष्ट स्माइलको उपाधी पनि जित्नुभएको छ ।

यस्तै प्रतियोगितामा वितरण गरिएको विभिन्न सब टाइटल मध्ये वेष्ट पर्सनालिटी ङोमाया गुरुङ, वेष्ट कुक र मोष्ट व्युटीफूलको उपाधी गौरी गुरुङ, वेष्ट फोटोजेनिक र मोष्ट डाईनमिकको उपाधी सीता गुरुङ, मोष्ट कन्फिडेन्ट मेघा गुरुङ, मोष्ट पपुलर सोनिया गुरुङ, मोष्ट पङच्युल र भिओस च्वाईस शोभा गुरुङ, वेष्ट स्किन र मोष्ट स्टाईलिस माया गुरुङ, मोष्ट फ्रेन्डली र मोष्ट टयालेन्टको उपाधी एलिसा गुरुङले जित्नुभएको छ । प्रतियोगितामा ११ जना महिलाहरुको सभागिता रहेको थियो ।

नाल्मा तमू समाज पोखरा काठमाडौले आयोजना गरेको सो प्रतियोगिताको प्रबन्ध निर्देशक पवि गुरुङ, कार्यक्रम संयोजक निशा गुरुङ र सह संयोजक ममता गुरुङले विशेष भूमिका निवार्ह गर्नुभएको थियो ।

कार्यक्रममा आफनो भनाइ राख्दै निर्देशक पवि गुरुङले आउने वर्षबाट यसलाई अझ व्यवस्थित र व्यापक ढंगाले अगाडि बढाउने भन्दै सबैसँग सहयोगको लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले बिजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो भने कार्यक्रमको निणार्यकहरुमा पोखरा एकेडेमीका संस्थापक प्रिन्सिपल महेन्द्र गुरुङ, प्रथम मिसेस गुरुङ उपाधी बिजेता चन्द्र गुरुङ, अधिवक्त तथा प्राध्यपक जुनाकुमारी गुरुङ, वरिष्ठ सञ्चारकर्मी इन्दिरा गुरुङ र मादी न्युज डटकमा तथा तमू संसार पत्रिकाका सम्पादक रोशनी गुरुङ हुनुहुन्थ्यो । नाल्मा तमू समाजका अध्यक्ष बुद्धिजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसैबीच कार्यक्रममा गुरुङ समुदायको शान र मान बढाएको भन्दै पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङलाई आयोजकको तर्फबाट सम्मान गरिएको छ ।

कमेन्टहरु
Loading...