को बन्ला मिस तामाङ्ग पोखरा शनिबार फाइनल

पोखरा, ७ माघ/मिस तामाङ्ग पोखरा २०१७ प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगितामा १३ जना प्रतियोगीहरुले भाग लिएका छन् । बैदाम तामाङ्ग समाजले २८५३ औं सोनाम ल्होछारको अवसरमा ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा २०१७ को आयोजना गरेको हो ।

पोखरा सभागृह हलमा माघ ८ गते शनिबार मध्यान्ह १२ बजे बाट शुरु हुने कार्यक्रममा २ बजे सम्म ल्होछार म्युजिकल फेस्टिभल अन्र्तगत तामाङ्ग साँस्कृतिक कार्यक्रम तथा २ बजे पछि मिस तामाङ्ग प्रतियोगिता हुने कार्यक्रम संयोजक जेसिका तामाङ्गले बताए ।

सहभागि प्रतियोगीहरुमा पोखरा लेकसाइडका सृष्टि लामा, अञ्जली लामा, मालेपाटनका अरुणा लामा, संगीता तामाङ्ग, लेखनाथका सीता तामाङ्ग, मन्जु तामाङ्ग शान्तीनगरका जीता लामा, सिम्पानीका रिमा तामाङ्ग, न्युरोडका मालिका तामाङ्ग, बगरका जगनकुमारी तामाङ्ग, जिरोकिलोमिटरका पुनम तामाङ्ग , मिरुवा कसेरीका दिप्ती तामाङ्ग र भेडिफारामका प्रिया तामाङ्ग रहेका छन । प्रतियोगीहरुलाई डेढ महिना लामो ब्यक्तित्व बिकास तथा तामाङ्ग भाषा र संस्कृतिका बारेमा प्रशिक्षण प्रदान गरिएको तालिम संयोजक सन्जय मल्लले बताए । कार्यक्रमको कोरियोग्राफी सृष्टि सेञ्चुरीले गरका छन भने तामाङ्ग नृत्यको प्रशिक्षण राम लामाले गरेका छन् ।

कार्यक्रमबाट बचेको रकम बैदाम तामाङ्ग समाजले ग्याजर्दी लेकसाइडमा निर्माणाधिन रेञ्छिन तेरजोट तामाङ्ग शान्ती गुम्बा निर्माणमा खर्च गरिने समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । कार्यक्रममा कलाकारहरु चन्द्रबहादुर दोङ्ग तथा शशिकला मोक्तान लगायतका कलाकारहरुको सांगितिक प्रस्तुतिका साथै तामाङ्ग सांस्कृतिक नृत्य प्रस्तुत गरिने कार्यक्रम संयोजक तामाङ्गले बताए ।

कमेन्टहरु
Loading...