मिस गण्डकी सिजन चारको ताज ऋतिका गुरुङलाई

पोखरा, ३ मंसिर /मिस गण्डकी सिजन चारको ताज पोखरा अमरसिंहचोककी १८ वर्षिया ऋतिका गुरुङले जितेकी छन् । अन्य १६ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधीको ताज पारेकी हुन् । चाँदीको ताजसँगै उनले एक लाख असी हजार रुपैया बराबरको स्कुटर पुरस्कार स्वरुप प्राप्त गरिन् ।

उपाधीसँगै ऋतिकाले ‘बेस्ट प्र्रफ्रमेन्स र बेस्ट कम्लेक्सन टाईटल अवार्ड समेत आफ्नो पोल्टामा पारिन् । ऋतिकाले हाल कक्षा १२ मा विज्ञान संकायमा अध्ययन गर्दैछिन । मिस गण्डकीको बिजेता बनिसकेपछि आफुलाई निकै खुशि लागेको उनले प्रतिक्रिया दिईन् ।

त्यस्तै प्रतियोगितामा जसमिन गुरुङ फस्ट रनरअप भईन् । उनले बेस्ट स्माइल र बेस्ट प्रसनालिटी टाइटल समेत आफ्नो पोल्टामा पारिन् । फस्ट रनरअपको उपाधीसँगै जसमिलले पचहत्तर हजार रुपैया बराबरको पुरस्कार प्राप्त गरिन् । प्रतियोगितामा प्रज्ञा गुरुङले सेकेन्ड रनरअप सँगै मोस्ट ट्यालेण्टेड टाईटल जितिन् भने ज्योती सापकोटा थर्ड रनरअपको टाईटलसँगै मोस्ट पपुलर र मोस्ट पङ्चुअल अवार्ड पनि जितिन् । सेकेन्ड रनरअप प्रज्ञाले उपाधीसँगै पचास हजार रुपैया प्राप्त गरिन् । त्यस्तै थर्ड रनरअप ज्योतीले पचिस हजार बराबरको पुरस्कारसँगै ‘स्पेशल गिफ्ट ह्याम्पर’ प्राप्त गरिन् ।

१६ प्रतिस्र्पर्धीहरुबाट प्रथम चरणमा उत्कृष्ट १० जना, दोस्रो चरणमा उत्कृष्ट ६ जना छनौट गरिएकोमा फाइनल राउण्डमा निर्णायकले सोधेको एउटै प्रश्नको उत्तर लेखेर वाचन गरेपछि अन्तिम निर्णय आएको थियो । उपाधी प्राप्त गर्नका लागि प्रतियोगिहरुलाई लेखन र वक्तृत्वकला प्रस्तुत गर्न लगाईएको थियो ।

एस.टी. क्रियशनको आयोजनामा भएको मिस गण्डकी सिजन चारमा अन्य विभिन्न १८ वटा शिर्षकमा सब टाईटल उपाधी दिईएको थियो । मिस गण्डकी सिजन चारको ग्राण्ड फिनालेको निर्णायकहरुमा मिस नेपाल वल्र्ड २००५ सुगारीका केसी, सिनीयर कोरीयोग्राफर एवं संचारकर्मी आशिष श्रेष्ठ, मिस पोखरा १९९५ की फस्ट रनरअप एवं पोखरा विश्वविद्यालयकी प्रध्यापक रजनी केसी, गायीका तथा नवदिप बोर्डिङ स्कुलकी फाउन्डर प्रिन्सीपल कौशल्या गुरुङ, मिस पोखरा २०१५ की विजेता सबिना राना भुजेल र जीत हाम्रो फाउन्डेशनका निर्देशक राजेश जोशी आदी रहेका थिए ।

कार्यक्रममा कुवर्स ब्रोदर्शका अध्यक्ष तथा जनप्रिय बहुमुखि क्याम्पसका अध्यक्ष इन्द्र कुवरले प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले मिस गण्डकीको सिजन १ देखि ४ सम्म निरन्तर सहकार्य गरेको र आगामी दिनहरुमा पनि सहकार्य गर्नै प्रतिबद्धता व्यक्त गर्दै यस्ता सुन्दरी प्रतियोगीता मार्फत युवतीहरुको व्यक्तित्व बिकासमा सहयोग पुग्ने बताउनुभयो । मिस गण्डकी सिजन एक देखि चौथो संस्करण सम्मको प्रमुख प्रशिक्षक तथा कोरियोग्राफरको रुपमा सुरज थापा रहेका थिए । करीब ५ घण्टासम्म चलेको उक्त कार्यक्रममा गायन, नृत्य तथा हास्य प्रहशन जस्ता प्रस्तुतीले दर्शकको मनलाइृ मोहित बनाएको थियो । कार्यक्रमको सञ्चालन संचारकर्मीद्धय इनिशा दुरा मगर र एकीन गुरुङले गरेका थिए ।

कमेन्टहरु
Loading...